ए डिभिजन लिगमा धेरै गोल गर्ने लामा पुन: राष्ट्रिय टोलीमा फर्कंने योजनामा | Khabarhub Khabarhub

ए डिभिजन लिगमा धेरै गोल गर्ने लामा पुन: राष्ट्रिय टोलीमा फर्कंने योजनामा



काठमाडौं– त्रिपुरेश्वर चोकबाट पश्चिम दक्षिणमा छ, विश्व निकेतन स्कुल । त्यसैको पछाडि पट्टी छ, सानो खुल्ला चौर ।

त्यहि सानो चौरमा खेलबारे सामान्य जानकारी पाएका कतिपय व्यक्तिहरु अहिले नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।

त्यहिँ मैदानमा फुटबलबारे जान्ने, बुझ्ने र सिक्ने अवसर पाएका आशिष लामा शहीद स्मारक ए डिभिजन लिगको शीर्ष गोल कर्ता बनेका छन् ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबका मुख्य स्टाइकर उनले सोमबार फ्रेन्ड्स क्लबविरुद्ध २ गोल गर्दै उच्च गोल कर्ताको शीर्ष स्थानमा उक्लिएका हुन् ।

फ्रेन्ड्सविरुद्ध एपीएफलाई अग्रता दिलाउने क्रममा उनले खेलको १२ औं र ४० औं मिनेटमा गोल गरेका थिए । उनकै गोलमा एपीएफले शुरुवाती अग्रता बनाएको थियो ।

तस्वीर : एन्फा ।

आशिषले २ गोल गरेको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५–२ गोलको फराकिलो अन्तरले जीत हात पार्दै रेलिगेसनबाट जोगिएको छ ।

रेलिगेसन क्षेत्रबाट जोगिएको एपीएफले १२ खेल खेल्दा मात्रै दुई जीत हात पार्यो तर, आशिषले व्यक्तिगत ८ गोल गरे ।

१२ औं चरणका खेल सकिँदा च्यासलका सन्तोष साहुखल (७ गोल) र आर्मीका नवयुग श्रेष्ठ (६ गोल)ले पछ्याइरहेका छन् ।

लिगमा भएका ८ गोल आफ्नो घर परिवारलाई समप्रित गरेको आशिषले बताए । ‘यी सबै गोल गम्भीर अवस्थामा भएका हुन्,’ उनले भने, ‘मैले गरेका गोल बुबाआमा, दिदीबहिनीसहित परिवारमा समर्पित गर्न चाहन्छु ।’

उनी आफुले खेल्दा जहिले पनि टीमको जीतका लागि प्राथमिता दिएको बताउँछन् । कतिपय खेलमा त एपीएफ आशिषले गोल गर्दा पनि हार व्येहोरेको छ ।

‘म खेल्दा जहिले पनि टीमलाई जित दिलाउन सकु भनेर खेल्छु । रेलिगेशन जोनमा टोली रहँदा केही तनाव थियो । शुरुमै गोल गर्दै अग्रता दिन पाउँदा खुसी लागेको थियो,’ लामाले खबरहबसँग भने,‘मलाई उच्च गोल कर्ता भएँ भन्ने थाहा थिएन ।’

शीर्ष डिभिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका उनी थप जिम्मेवारी बढेको महसुस भएको बताउँछन् । ‘१२ खेलमा ८ गोल गरेको छु । यसले मलाई अझै जिम्मेवार बनाएको महसुस भएको छ,’ आशिषले भने ।

बुबाआमाको रोजाइले फुटबलबाट टाढिएँ

मध्यम वर्गिय परिवारमा हुर्किएका आशिषले त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा कक्षा १ देखि १२ सम्म पढे ।

घरको एक्लो छोरा आशिषलाई श्यामबहादुर लामा र आमा सानुकान्छी तामाङले सधै अन्य कुरामा भन्दा पढाईमा ध्यान दिनु भन्ने गरेका थिए ।

उनीहरुले पनि आफ्ना छोरालाई खेलाडी वा अन्य कुनै क्षेत्रमा लागेको भन्दा पढेलेखेर सरकारी जागिर खाओस् भन्ने सोचेका हुन सक्ने अनुमान आशिष लगाउँछन् ।

सानैदेखि स्कुल बरपर फुटबल खेल्दै हुर्किएका उनी कुनै बेला नेपाली राष्ट्रिय फुटबल टोलीका निवर्तमान कप्तान विराज महर्जनको त्रिपुरेश्वरस्थित घरमा भाडामा बस्थे ।

उनी पढेकै स्कुल विश्व निकेतनमा पढ्दै गर्दा फुटबलमा लागेका जितेन्द्र कार्की आर्मीबाट खेलिरहे पनि उनले देखेका थिए । त्यहिँ कुराले आफुलाई आमा बुबाले भनेको भन्दा केही फरक बाटो रोजेको उनी बताउँछन् ।

स्कुलमा ७–८ कक्षामा पढ्दा उनी स्कुलको टीमबाट विद्यालय स्तरीय प्रतियोगिता खेल्न जान्थे । स्कुलबाट फुटबल खेलिरहेको देखेका एनआरटी क्लबका प्रतिनिधि राकेश श्रेष्ठले आशिषलाई एसएलसीको परीक्षा लेखिसकेपछि क्लबसँग सम्झौता गर्न भनेका थिए ।

श्रेष्ठको भनाई मान्दै उनले क्लबसँग सम्झौता गरे पनि । तर, पढाईमा असर गर्ने देखेपछि पछि क्लबसँगको सम्झौता नै तोड ।

‘क्लबको ‘ट्रेनिङ’ बिहान हुन्थ्यो । उता क्यम्पस पनि बिहान हुँदा ३ महिनापछि मैले क्लबसँगको सम्झौता छोड्नुप¥यो । एनआरटीले भविष्यमा राम्रो हुनसक्छ भनेर लिएको थियो,’ आशिषले भने ।

क्लब छाडेपनि त्यसबीचमा उनले लगातार विभिन्न स्थानीय क्लबबाट फुटबल भने खेलिरहे ।

तस्वीर : एन्फा

लाहुरे बन्ने सपना

आशिषका बुबा श्यामबहादुर लामाले उनलाई सरकारी जागिरे भएको हेर्न चहान्थे । त्यसै क्रममा उनले लाहुरे बन्ने सपना पनि देखे । कक्षा १२ सकिएपछि आशिष भारतीय आर्मी बन्ने योजनासहित भारतको सिलोङ गए । उनीसँगै नेपालबाट ८ जना खेलाडीहरु गएका थिए । उनीसबै फिजिकलमा पास भए । तर, लिखित परीक्षामा सफल भएनन् ।

३–४ महिना सिलोङ बसेर उनीहरु काठमाडौं फर्किए । त्यहाँबाट फर्किएपछि आशिष मनाङ–मस्र्याङ्दी क्लबमा आवद्ध भए । मनाङमा उनी डेढ बर्ष बसे । त्यहाँ स्टार खेलाडीहरु थिए । जहाँ आशिषले धेरै समय प्लेयर बक्समा बस्नु पथ्र्यो । त्यसो हुँदा आफ्नो फुटबल विकासमा टेवा नपुग्ने महसुस गरेपछि आशिषले क्लब छाडे ।

मनाङबाट उनी हिमालयन शेर्पा क्लबमा गए । शेर्पामा ६ महिनाजति खेलेपनि उनलाई व्वाईज युनियन क्लबले बोलायो । त्यसपछि उनले अरु पनि थुप्रै क्लबबाट खेले अन्तिमा उनी एपीएफ क्लबमा आवद्ध भए ।

२०७४ मा एपीएफमा जोडिएका उनले २०७५ सालको ए डिभिजन लिग एपीएफबाटै खेलेका थिए । जसमा उनले ३ गोल गरेका थिए ।

राष्ट्रिय टोलीमा पुनरागमनको आश !

आशिषले नेपालका लागि सिनियर टोलीबाट खेलिसकेका छन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आशिषलाई २०१९ को मार्चमा कुवेतसँगको मैत्रिपूर्ण खेलमा खेलाएका थिए ।

त्यसपछि उनी विश्वकप फुटबल २०२२ तथा एएफसी कप २०२३ को छनोटको बन्द प्रशिक्षणमा बोलाइएका थिए । तर, कालिनले उनलाई अहिले आफु टोलीमा लिन नसक्ने संकेत गरे ।

कालिनको यो अभिव्यक्ति पछि उनी आफुलाई प्रमाणित गर्न लागेको बताउँछन् । ‘अब म प्रशिक्षकको पहिलो रोजाईमा पर्ने गरी तयारी गर्छु । लिगमा उच्च गोल कर्ता बनेको छु । यसले मलाई राष्ट्रिय टोलीमा पुनरागमनमा सहयोग गर्ने,’ आशिषले भने ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : ५५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका