चलचित्र संघको अध्यक्षमा मधुसुदन प्रधान, डेढ वर्ष कार्यभार सम्हाल्ने | Khabarhub Khabarhub

चलचित्र संघको अध्यक्षमा मधुसुदन प्रधान, डेढ वर्ष कार्यभार सम्हाल्ने


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मधुसुदन प्रधान अध्यक्ष पदमा चयन भएका छन् । बुधवार संघको ४६ औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको ३ वर्षे कार्यकालमा प्रधानले डेढ वर्ष र वीरेन्द्र नारायण श्रेष्ठले डेढ वर्ष चलाउने गरी अध्यक्ष चुनिएको हो । संघको अध्यक्ष पदमा प्रधान र श्रेष्ठले उम्मेदवारी दिएका थिए । दुवैले आधा आधा कार्यकाल सम्हाल्ने सहमति गरेका हुन् ।

यस्तै साधारणसभाबाट अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुङ्गाना, अर्जुन श्रेष्ठ, गोविन्द बहादुर शाही, कपिलप्रसाद द्वा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुबेर शर्मा, निरज कार्की, कैलाश ढकाल, त्रिरत्न मानन्धर, निरज गुप्ता सदस्यमा चयन भएका छन् ।

साधारणसभाले पुर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डा। सिंह गुरुङ, पश्चिमाञ्चल सभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन गरेको छ ।

‌कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए । यस्तै कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले चलचित्र आफ्नो धारणा राखेका थिए ।

यो पनि पढ्नुहोस्:

चलचित्र उद्योगमा अर्बौंको लगानी घाटामा गइरहन्छ भने के खाएर बाँच्नुहुन्छ ?: सञ्चारमन्त्री

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३१ बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ