मलेसियाले 'ईम्प्लाईमेन्ट पे' मोडलमा विदेशी श्रमिक लिने | Khabarhub Khabarhub

मलेसियाले ‘ईम्प्लाईमेन्ट पे’ मोडलमा विदेशी श्रमिक लिने


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले विदेशी श्रमिक रोजगारीका लागि ‘ईम्प्लाईमेन्ट पे’ मोडलमा लिने भएको छ ।

विगत एक वर्षयता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मलेसियामा विदेशी श्रमिकमाथि शोषण हुने गरेको आरोप लगाउदै आएका छन् ।

मलेसियाले विदेशी श्रमिक आपूर्ति गर्ने सबै श्रोत मुलुकहरुबाट ईम्प्लाईमेन्ट पे मोडलमा कामदार लिने निर्णय गरेको मलेसियाको मानव ससाधान मन्त्रालयले जनाएको छ ।

नेपालसँग गत कात्तिकमा ईम्प्लाईमेन्ट पे मोडलमा समझदारी गरिसेकेको मलेसियाले बंगलादेशबाट पनि सोही मोडलमा कामदार लैजाने गरी छलफल चलाइरहेको मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियाको स्थानिय सञ्चारमाध्यमसँग बताएका छन् ।

मलेसिया सरकारले सबै देशका विदेशी श्रमिक सुन्य लागतमा भित्राउने भएको छ । १ करोड २९ लाख २० हजारभन्दा बढी श्रमिक रहेको मलेसियामा ३२ लाखभन्दा धेरै आप्रवासी श्रमिक छन् ।

मलेसिया वार्षिक ४ लाख विदशी श्रमिक रोजगारीका लागि जाने गरेका छन् । अब यसरी रोजगारीका लागि जाने श्रमिकको सबै खर्च रोजगारदाताले ब्येहोर्नुपर्ने मलेसियाको मानव संसाधान मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा मलेसियाका केही रबर उद्योगमाथि विदेशी कामदारहरुलाई शोषण गरेको आरोप लागेको छ । त्यसमध्ये प्रशिद्ध कम्पनी टप ग्लोब्स् र डब्लुआरपी माथि नेपाली र बंगलादेशी कामदारहरुलाई तलव तथा अन्य सुविधा नदिएर शोषण गरेको आरोप छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ३१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०