सुन्दर र मुलायम छाला बनाउन चाहानु हुन्छ ? यी हुन् १५ टिप्स | Khabarhub Khabarhub

सुन्दर र मुलायम छाला बनाउन चाहानु हुन्छ ? यी हुन् १५ टिप्स


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक टेलिभिजन कार्यक्रम अथवा फिल्ममा देखिने सेलिब्रिटीको स्किनबाट प्रभावित नहोला को होला र ?

दाग–धब्बारहित छालाले धेरै मानिसहरुलाई आकर्षित गर्दछ । हामी त्यस्तै सुन्दर छाला बनाउने उपायबारे यहाँ चर्चा गर्दैछौ –

१. दैनिक कम्तीमा ३ लिटर पानी पिए छाला रुखो हुदैँन ।

२. खानामा सधैं ताजा फलफूल खाने गर्नुहोस् ।

३. सम्भव भए नरिवल पानी खानुहोस् । यसले छालामा भिटामिन प्राप्त हुन्छ ।

४. अनुहार सफा राख्न सामन्य साबुनको साटो माइल्ड क्लिन्जरको प्रयोग गर्नुहोस् ।

५. अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनिवार्य अनुहारमा मोश्चराइजर लगाउनुहोस् ।

६. छालाको प्रकृति अनुसार मात्र फेसवास प्रयोग गर्नुहोस् ।

७. चिल्लो छालाका लागि सेलिसिक एसिडयुक्त फेसवास, रुखो छालाको लागि माइल्ड र सामान्य छालको लागि प्राकृतिक पीएच फेसवास प्रयोग गर्नुहोस् ।

८. नियमित रुपले अनुहारलाई टोनिङ गर्न नन अल्कोहोलिक टोनर प्रयोग गर्नु पर्दछ ।

९. राति सुत्नुअघि अनुहारमा नाइट रिपेयर क्रिम लगाउनु होस् ।

१०. मेकअप उतार्नका लागि मेकअप रिमुभरको मात्र प्रयोग गर्नु पर्दछ ।

११. हातलाई मुलायम बनाउनका मोश्चराइजर युक्त ह्यान्डवास प्रयोग गर्नुहोस् ।

१२. जंकफूडको सेवन नगर्नुहोस् यसले डन्डिफोरको समस्या निम्त्याउँछ ।

१३. चर्को घाम वा लामो समय एसीमा नबस्नुहोस् । यसले छालामा असर गर्दछ ।

१४. छालालाई रगडेर मुख धुने, मसाज गर्ने गल्ती नगर्नुहोस् ।

१५. अचानक डाइटिङ सुरु नगर्नुहोस्, बिस्तारै खानाको मात्रा घटाउँदै लानुहोस् ।– एजन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ४९ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्