यशराजले ५० रुपैयाँमा हलमा फिल्म देखाउँदै | Khabarhub Khabarhub

यशराजले ५० रुपैयाँमा हलमा फिल्म देखाउँदै


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – कोरोना भाइरस महामारीका कारण भारतका सिनेमा घरमा कुनै पनि फिल्मले व्यापार गर्न सकेका छैनन् । भारतमा करीब ७ महिनादेखि बन्द रहेका सिनेमा घरहरु खुला त गरियो । तर, दर्शक फिल्म हेर्न हलसम्म पुगेका छैनन् ।

यता फिल्म हल मालिक दर्शकलाई सिनेमा घरसम्म बोलाउने प्रयास गरिरहेका छन् ।

भारतमा सिनेमा घरका चेन पीवीआर, आइनोक्स र सिनेपोलिसले यस दिपावलीमा यशराज फिल्मको ५० वर्ष पुराना फिल्म देखाउने निर्णय गरेका छन् ।

यता यशराज फिल्मसले पनि मल्टिप्लेक्स हललाई सहयोग गर्ने निर्णय गरेको छ । यसले सिनेमा घरमा पुनः दर्शक आउने आशा गरिएको छ ।

लामो समयको छलफलपछि सिनेमा घरमा टिकटको ५० रुपैयाँ तय गरिएको छ । अब दर्शकले केवल ५० रुपैयाँमै फिल्म हेर्न पाउनेछन् ।

कोरोना भाइरसका कारण भारतीय फिल्म बजार पूर्ण रुपमा प्रभावित भएको छ । सात महिनासम्म सिनेमा घर बन्द रहेका थिए ।

यशराज फिल्मसले सबै वितरकलाई सिनेमा घरमा दर्शक आउन् भनेर सस्तोमा फिल्म देखाउन प्रस्ताव गरेको थियो ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : २५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द