देशभर २४ घण्टामा २०७१ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा २०७१ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १,०७,७५५ पुग्यो


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम १७ हजार ६६६ आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ नमूनाको पीसीआर परीक्षण भएको छ।

आइसीयूमा ३२९ र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा थप १,५५२  जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १,५५२  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।

काठमाडौंमा ८ जनाको मृत्यु, १ हजार ४१६  संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ भने १ हजार ४१६ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौंका १ हजार १४५ ,ललितपुर १६१ र भक्तपुरका ११० जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तो छ स्वास्थ्य मन्त्रालयको सम्पूर्ण विवरण

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ४० बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको