२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित | Khabarhub Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी जम्मा १४१६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा ३१ हजार ३१५ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम १७ हजार ६६६ आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन्।

यसअघि शनिबार (हिजो) काठमाडौंमा २,१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ३३ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने