नेपाल आर्मीका ३० सहित गण्डकीमा थप ६२ जनामा संक्रमण | Khabarhub Khabarhub

नेपाल आर्मीका ३० सहित गण्डकीमा थप ६२ जनामा संक्रमण


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आर्मीका ३० सहित गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित भएका नेपाल आर्मीमा कार्यरत ३० जना बागलुङमा कार्यरत छन् । बागलुङमा  आइतबार बिहान एकैपटक  ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा नेपाल आर्मीमा कार्यरत ३० जना, नेपाल प्रहरीका २ जना, इजलासमा कार्यरत २ जना र एक थुनुवा गरी ३६ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालायले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा नेपाल आर्मीमा कार्यरत २१-२१, २२, २३, २४/२४ वर्षका ४ जना, २५, २६/२६ वर्षका ३ जना, २७ , २८, ३०/३०, ३१, ३३/३३, ३४/३४ वर्षका ४ जना, ३५/३५ वर्षका ३ जना,  ४१, र ५१  वर्षका  २९ पुरुष तथा १९ वर्षीया महिला छन् ।

यस्तै नेपाल प्रहरीमा कार्यरत ३० र ३६ वर्षीय पुरुष, ३६ वर्षीय एक थुनुवा पुरुष, इजलासमा कार्यरत ३१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

योसँगै बागलुङमा कोरोना संक्रमितको संख्या ५ सय २२ पुगेको छ ।

यस्तै पोखराका २१ र लमजुङका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १ का ३९ वर्षीय पुरुष , ४ का २९ वर्षीय पुरुष, ५ का ३८ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला,  पोखरा ८ का चरक हस्पिटलमा उपचाररत  ६७ र ७० वर्षीय पुरुष, ९ की ४५ वर्षीया महिला, १० का ४३ वर्षीय पुरुष तथा ९ वर्षीया बालिकामा संक्रमण भएको छ ।

यस्तै वडा नम्बर १४ का ४३ वर्षीय पुरुष, १५ का १८ र ५६ वर्षीय पुरुष, नेपाल टेलिकममा कार्यरत पोखरा  १६ की ३३ वर्षीया महिला, १७ का ४५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, २० की ८९ वर्षीया महिला, २२ की २७ वर्षीया महिला, ३० का ३० वर्षीय पुरुष तथा ३२ का ३२ वर्षीय पुरुष रहेका छन् ।

लमजुङ बेसीसहर ७ की २७ वर्षीया महिला, ८ का २०, २२ र २७ वर्षीय पुरुष तथा मर्स्याङ्दी ३ का २० वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६