वर्षाले उदयपुरका ग्रामीण सडक बन्द, स्थानीयवासीलाई सास्ती | Khabarhub Khabarhub

वर्षाले उदयपुरका ग्रामीण सडक बन्द, स्थानीयवासीलाई सास्ती


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- वर्षाले उदयपुरका पहाडी क्षेत्रका अधिकांश ग्रामीण सडक भत्काएपछि यातायात सेवा ठप्प भएको छ ।

असार अन्तिम सातादेखि ग्रामीण क्षेत्रका सडकमा सवारीसाधन चल्न छाडेका हुन् । वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।

वर्षाका कारण हिलो तथा खाल्डाखुल्डी बढेपछि ग्रामीण क्षेत्रमा गाडी चल्न सकेका छैनन् । यातायात अवरुद्ध भएपछि सर्वसाधारणलाई घण्टौं हिँड्नुपर्ने बाध्यता छ ।

ग्रामीण सडक अवरुद्ध हुँदा पहाडी क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा बढी सास्ती भएको छ । गाउँगाउँमा खनिएका सडकको स्तरोन्नति नहुँदा नियमित यातायात सञ्चालन हुन सकेको छैन ।

नेपालीहरुको महान् चाड दशैं र तिहार नजिकिएको हुँदा आवतजावत र आवश्यक खाद्यान्न ढुवानीमा समस्या भइरहेको स्थानीवासीको गुनासो छ ।

ग्रामीण सडक अवरुद्ध हुँदा ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाका बासिन्दालाई आवतजावतमा बढी सास्ती भएको छ ।

सडक अवरुद्ध हुँदा यस क्षेत्रका बासिन्दाले पैदल हिँडेर सदरमुकाम आउन बाध्य छन् । ‘यातायात सेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ’, लिम्चुङबुङ गाउँपालिका—४ जाँतेका कृष्ण बुढाथोकीले भने, ‘दैनिक उपभोग्य सामानको ढुवानीमा समस्या भएपछि यसको मूल्य समेत अकासिएको छ ।’

सम्बन्धित निकायको चरम लापरबाहीले स्थानीयवासी यातायातको सहज सुविधा पाउन सकेका छैनन् । जिल्लाको कटारी बजार हुँदै बेतिनी भएर ताप्ली गाउँपालिकाका विभिन्न ग्रामीण भेगसम्म जोड्ने सडक तथा उदयपुरगढी गाउँपालिकाको विभिन्न ग्रामीण भेगसम्म पुग्ने सडकको अवस्था पनि उस्तै छ ।

सडकहरु अवरुद्ध भएका कारण आफूहरुलाई समस्या भइरहेको लिम्चुङबुङ माझखर्क सातदोबाटेका कुमारी मगरको गुनासो छ । जिल्लामा निर्माण गरेका अधिकांश ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा स्थानीयवासीले वर्षायाममा सास्ती भोग्दै आएका छन् ।

स्थानीय तहले पुराना सडकलाई व्यवस्थित गर्न नसक्दा वर्षायाममा सास्ती भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।

लिम्चुङबुङ गाउँपालिका—२ बराहका गजेन्द्र बरालले भने, ‘झण्डै तीन महिनादेखि जिल्ला सदरमुकाम गाइघाट र मुर्कुची बजार हुँदै हाम्रा गाउँघर जोड्ने सडकहरु अवरुद्ध हुँदै आएको छ । दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि यहाँका बासिन्दा दिनभर पैदेल हिँडेर रौता, रसुवा र मुर्कुची बजारसम्म पुग्नुपर्ने बाध्यता छन् ।’

भत्किएका सडकको तत्काल मर्मत गरी यातायात सेवा सुचारु गर्ने कार्यलाई अगाडि बढाइएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र कुमार खड्काले बताए ।

‘जिल्लाको सदरमुकाम गाइघाट हुँदै रौतामाईका ग्रामीण क्षेत्र जोड्ने अवरुद्ध सबै सडकको मर्मत सम्भार गरी खुलाउने काम भइरहेको छ’, उनले भने, ‘दशैं अगाडि नै आफ्नो गाउँपालिकाका सडकमा सुधार भई यातायात सञ्चालन हुन्छ ।’

‘स्थानीयवासी सास्ती पाएको गुनासो बढेपछि यातायात सुचारु गर्ने कार्यलाई तीव्रता दिएको छु’,  उदयपुर गढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले भने, ‘यातायातको असुविधाले प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापनको काममा समेत समस्या हुने देखिएको छ ।’

जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुको बासबोटे, बराह, बलाम्ता, ताम्लीछा जाँते, माझखर्क क्षेत्रमा जोड्ने सडकहरु अझै अवरुद्ध रहेका छन् । भत्किएका सडकको तत्काल मर्मत गरी यातायात सेवा सुचारु गर्न स्थानीयवासीको माग छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : ५२ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस