कसरी शुरु भयो 'गोत्र' परम्परा ? | Khabarhub Khabarhub

कसरी शुरु भयो ‘गोत्र’ परम्परा ?


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्मका अनुसार गोत्रलाई महत्त्वपूर्ण मानिन्छ । ‘गो’को अर्थ इन्द्रिय, र ‘त्र’ को अर्थ ‘रक्षा गर्नु’ भन्ने हुन्छ । गोत्रको अर्थ व्यापक हुन्छ । तर, सामान्य रुपमा भन्दा गोत्रको अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ भन्ने हुन्छ ।

ऋषि परम्परासँग सम्बन्धित मानिने ‘गोत्र’ लाई ब्राह्मणका लागि महत्वपूर्ण हुन्छ । सनातन धर्मअनुसार ब्राह्मणहरू ऋषिका सन्तान मानिन्छन् ।

प्राचीन कालका आधारमा चार ऋषिका नामबाट गोत्र पराम्परा सुरु भएको मानिन्छ । ती चार ऋषि हुन् – अंगिरा, कश्यप, वशिष्ठ र भगु ।

धर्मका अनुसार जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि पनि पछि जोडिएका छन् । यस अर्थमा ‘गोत्र’ व्यक्तिको पहिचानसँग पनि जोडिएको हुन्छ ।

गोत्रको मुख्य भाव एकत्रीकरण हो । तर, पछिल्लो समय भने मान्छेले गोत्रमा विश्वास नगर्न थालेका छन् । कालान्तरमा वर्ण व्यवस्था विस्तारै जाति व्यवस्था हुँदै अहिलेको अवस्थामा आएको पाइन्छ । त्यसैले पनि ब्राह्मणको बाहेक अरुको गोत्र कर्म क्षेत्र या उद्गम स्थलसँग सम्बन्धित भएको पाइन्छ ।

त्यसो त आजभोलि गोत्रलाई खासै धेरैले चासो दिएको पाइँदैन । यदि कसैलाई गोत्र थाहा छैन भने उसलाई कश्यप गोत्रको भन्ने गरिन्छ । त्यो किनभने, कश्यप ऋषिले एकभन्दा धेरै बिह गरेका थिए । र, उनका अनेक पुत्र थिए ।

यदि कुनै ब्राह्मणलाई आफ्नो गोत्र थाहा हुँदैन भने उसलाई ‘कश्यप’ ऋषिकूलको मान्ने गरिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ३ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका