कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक   | Khabarhub Khabarhub

कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक  



दोहा- कतारको आन्तरिक मन्त्रालयले आगामी सेप्टेम्बर १३ अर्थात् आइतबारदेखि लागू हुने गरी कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी बर्दी समितिका अध्यक्ष ब्रिगेडियर जनरल अहमद जबर अल-हमिदी र समितिका सदस्य मेजर फहाद सईद अल सुबाईले प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेका हुन् ।

नयाँ बर्दी कतारको वातावरण र कार्यहरूको प्रकृति अनुरूप आधुनिक र शास्त्रीय शैलीहरूको संयोजनलाई ध्यानमा राखेर अरब सभ्यता झल्काउँने गरी डिजाइन गरिएको जनाइएको छ ।

नयाँ बर्दीलाई आधिकारिक बर्दी, ड्यूटी बर्दी , क्षेत्र बर्दी , विशेष क्षेत्र बर्दी , प्रशिक्षण बर्दी र विशेष मिसन बर्दीमा वर्गीकृत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो बर्दी सार्वजनिक यातायातको सुरक्षा, एयरपोर्ट सुरक्षा, ट्राफिक पेट्रोल र स्टेडियम सुरक्षा विभागका साथै महिला पुलिस अधिकारीहरूको लागि डिजाइन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : १५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।