म्यानमारकी नेतृ सुकीलाई युरोपेली संसदले दिएको ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो | Khabarhub Khabarhub

म्यानमारकी नेतृ सुकीलाई युरोपेली संसदले दिएको ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली संसदले रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै  बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ ।

उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभन्दा करिब एक बर्ष पहिले सन् १९९० मा यूरोपेली संसद सभाले उसको उच्च मानव अधिकारवादी पुरस्कारबाट सम्मानित गरेको थियो । उनी अब पुरस्कार विजेताहरूका लागि हुने कार्यक्रममा सहभागी हुने छैनन् ।

संसद् निकटस्थ स्रोतका अनुसार पुरस्कार सुकीको योगदानका लागि दिइएकाले फिर्ता लिन सकिन्न । तर, उनलाई पुरस्कार दिइएको भन्ने सूचीबाटै हटाउन सकिने प्रावधान भने प्रयोग गर्न सकिने भएकाले यूरोपेली संसद्ले सबैभन्दा कडा प्रतिबन्ध कायम गरेको हो ।

संसद्का समूह नेताहरूको एक विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय म्यानमारमा रोहिंज्या समुदायकोविरूद्ध चलिरहेको अपराध रोक्न उनको असफलता वा स्वीकृतिको प्रतिक्रिया हो ।’

बहुमत बौद्ध धर्मावलम्बीको बहुमत रहेको म्यानमारमा मुस्लिम रोहिंज्या अल्पसंख्यकलाई लामो समयदेखि भेदभाव गरिएको  आरोप लाग्ने गरेको छ ।

करीव सात लाख ४० हजार रोहिंज्याहरू सैन्य आक्रमणबाट बच्न बङ्गलादेशमा शरण लिएका छन् । त्यस्तै एशियाका भारत, नेपाल, पाकिस्तान, इन्डोनेसिया, मलेसियालगायतका मुलुकमा पनि हजारौँको सङ्ख्यामा उनीहरू शरणार्थीका रूपमा बस्दै आएका छन् ।

सैन्य शासनको अन्त्य गर्न लडेकी र अहिले ‘राज्य सल्लाहकार’ को रूपमा देशको सबैभन्दा शक्तिशाली पदमा रहेकी पूर्व राजनीतिक कैदी सुकीलाई कुनै समय स्वतन्त्रताको अग्रणी व्यक्तित्वका रूपमा विश्वले मानेको थियो । तर, उनीमाथि रोहिंज्याकोविरुद्ध भएका दुर्व्यवहारका घटनामा वेवास्ता गरेको आरोप लाग्न थालेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : ५९ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस