ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता | Khabarhub Khabarhub

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानोनानी’ बेबीवार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरेको छ ।

उक्त घोषणा बमोजिम दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा ‘न्यानोनानी’ बेबीवार्मर बनाउनको लागि आवश्यक रु. ८ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ भने ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई प्रदान गरिने छ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबीवार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय (एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।

हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३७ अर्ब निक्षेप संकलन गरी २०हजार भन्दा बढि ऋणीलाई करिब रु. ३१ अर्व लगानी गर्न सफल भएको सूचना अधिकारी रामहरि आचार्यले जानकारी दिए।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : ४३ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके