आज ६३८ कोरोना संक्रमित थपिए, १७१ डिस्चार्ज | Khabarhub Khabarhub

आज ६३८ कोरोना संक्रमित थपिए, १७१ डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुग्यो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २४ घण्टामा देशभर थप ६३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटाङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९, कपिलवस्तुका १८, धनुषाका १, रुकुमका १, सिन्धुपाल्चोकका १, सुनसरीका १, सुर्खेतका ५, रुपन्देहीका ३३ र दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै दैलेखका ३, सल्यानका २, रोल्पाका १, बागलुङका २, तनहुँका २, नवलपरासीका २, प्युठानका १७, अछामका १, अर्घाखाँचीका १, बाँकेका २९, धादिङका ११, दोलखाका १, इलामका १, जाजरकोटका १, कालिकोटका १, ओखलढुङ्गाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, धनकुटाका १, झापाका १० र मोरङका ४२ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरि सुनसरीका ३२, उदयपुरका १६, धनुषाका २३, महोत्तरीका १२, सप्तरीका १३, पर्साका ७०, गोर्खाका १, नुवाकोटका ३, दाङका १, चितवनका ३, काभ्रेका ४, मकवानपुरका १, बर्दियाका १, दार्चुलाका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?

मन्त्रालयका अनुसार हाल मुलुकमा विभिन्न ठाउँमा ७ हजार २०१ जना कोरोनाका सक्रिय संक्रमितहरू छन्।

त्यसमध्ये प्रदेश-१ मा ५३९, प्रदेश-२ मा ३३४७, बागमती प्रदेशमा १३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णालीमा १९७ र सुदूरपश्चि प्रदेशमा ८९६ जना छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमा ६३८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

८५ कोरोना संक्रमितको आइसीयुमा र ३ जनाको भेन्टिलेटरमा 

देशभर ८८ जना कोरोना संक्रमितको उपचार विभिन्न अस्पतालका आइसीयु र भेन्टिलेटरमा भइरहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा बाहेक अन्य प्रदेशमा ८८ जना संक्रमित आइसीयु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ३ जना संक्रमित भेन्टिलेटरमा र ८५ जना आइसीयुमा रहेका छन्।

आइसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा रहेको छ। प्रदेश २ मा ४३ जना रहेका छन्।

त्यसैगरी बागमती प्रदेशमा ३५ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा, प्रदेश ५ मा ६ जना र सबैभन्दा थोरै प्रदेश १ मा १ जना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५९ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए