मन्दिर निर्माणमा पाकिस्तानी हस्तक्षेपको हिन्दू महासंघद्वारा भर्त्सना | Khabarhub Khabarhub

मन्दिर निर्माणमा पाकिस्तानी हस्तक्षेपको हिन्दू महासंघद्वारा भर्त्सना


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधीन श्रीकृष्ण भगवानको मन्दिर निर्माणमा राेक लगाइएकोप्रति नेपाल विश्व हिन्दू महासंघले विरोध जनाएको छ ।

मन्दिर निर्माणमा रोक लगाइएको विषयलाई लिएर महासंघले शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे महासंघले भत्सर्ना गरेकाे छ। महासंघले विरोध प्रदर्शन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानकाे पुत्ला दहन गरेकाे छ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले आपत्ति जनाएको हो ।

महासंघका उपाध्यक्ष विजय प्रकाश निषादकाे नेतृत्वकाे निकाएकाे विराेध र्‍यालीमा युवाहरुको उल्लेख्य सहभागिता रहेकाे थियाे।

उपाध्यक्ष निषादले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दू समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दू मन्दिर बनाउन नदिनु अर्काे ठूलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दू मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो ।

तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दू मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

इस्लामावादमा हिन्दू मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दू मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दू समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दू पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ०५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न