आज थपिए ७० संक्रमित, ४३१ निको भए (विवरणसहित ) | Khabarhub Khabarhub

आज थपिए ७० संक्रमित, ४३१ निको भए (विवरणसहित )


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।  सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको प्रवक्ता गौतमले बताए।

पछिल्ले २४ घण्टामा ३ हजार ६४८ पीसीआर परीक्षण गरिएको थियो।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना, सिराहाका एकजना, सुनसरीका ४ जना र उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धादिङका २ जना, काठमाडौंका ३ जना, नुवाकोटका एकजना, सर्लाहीका ३ जना र सिन्धुपाल्चोकका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना, किटजन्य रोग अनुसन्धाान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा सिन्धुलीका एकजना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, पर्वतका एकजना, स्याङ्जाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ३ जना, तनहुँका ४ जना र स्याङ्जाका ३ जना, म्याग्दीका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका एकजना, भेरी अस्पताल नेपालगंज प्रयोगशालामा बाँकेका २ जना बर्दियाका २ जना र दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ जना, चौरहजारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना र सल्यानका एकजना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका एकजना र कंचनपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म १६ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् ।

४३१ जना कोरोना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ।

मृतकको संख्या ३८ पुग्यो

नेपालमा  शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २ सहित नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंंखमूलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएका उनको स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । मृगौलाका विरामी उनको गत २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

काठमाडौं-१० का एक पुरुषको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौं गोकर्णेश्वरका ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको पनि कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुष गरी ३५ जनाको मृत्यु भएको छ । शनिबार थप तीन जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ५६ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती