साढे ३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो | Khabarhub Khabarhub

साढे ३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइएको छ ।

यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइएको हो । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका खड्का यूएईमा बस्दै आएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाहीका अनुसार खड्काबारे थप अनुशन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ०६ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्