गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सबै पुरुष छन् । उनीहरु तनहुँ, म्याग्दी, स्याङ्जा, बाग्लुङ र कास्कीका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोराखमा गरिएको परीक्षणमा तनहुँका ४ जना,, म्याग्दीका २ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका कास्कीका २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : १० बजे

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक