काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ | Khabarhub Khabarhub

काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्दराज जोशीका अनुसार अस्पतालमा असार २५ गते साँझ मृत्यु भएका एक ५४ वर्षका पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

‘हाम्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ,’प्राडा जोशीले खबरहबसँग भने, ‘असार १९ गतेदेखि उहाँलाई आइसीयूमा राखेर उपचार गरेका थियौं, २५ गते मृत्यु भयो, रिपोर्ट २६ गते साँझ पोजेटिभ आयो ।’

प्राडा जोशीका अनुसार ती पुरुषको मृत्युपछि असार २६ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुष गोकर्णका स्थानीय हुन् ।

उनी मिर्गौलाका बिरामी समेत थिए । डा जोशीका अनुसार ती बिरामीमा निमोनिया देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उनको अवस्था जटिल भएको र आइसीयूमा राख्नुपर्ने भन्दै टिचिङ अस्पतालले केएमसीमा रिफर गरेको थियो ।

निमोनियाका बिरामी भएकाले असार १९ गते देखि केएमसी अस्पतालले कोभिडका बिरामीको लागि छुट्याइएको आइसीयूमा राखेर उपचार थालेको थियो । बिरामीको असार २५ गते साँझ मृत्यु भएको हो ।

मृतकको शव कोरोना संक्रमितको शव व्यवस्थापन निर्देशिका अनुसार आज बिहान अन्त्येष्टि गरिएको प्राडा जोशीले बताए ।

‘हामीले उहाँलाई पहिला देखि नै कोरोनाको आशंकामा संक्रमितलाई जसरी नै उपचार गरेका थियौं, मृत्यु भएपछि रिपोर्ट नआउँदासम्म संक्रमितको शवलाई व्यवस्थापन गर्ने तरिकाकै आधारमा राखिएको थियो,’ प्राडा जोशीले भने, ‘हिजो बेलुका रिपोर्ट पोजेटिभ आएपछि हामीले सम्बन्धित निकायमा कुरा गर्‍यौं, सेनाले आज बिहान शवलाई स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार व्यवस्थापन गर्‍यो ।’

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : ४३ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा