कोरोनाको संक्रमणपछि विश्वभर नगदरहित कारोबारमा उल्लेख्य बृद्धि : आइएमएफ | Khabarhub Khabarhub

कोरोनाको संक्रमणपछि विश्वभर नगदरहित कारोबारमा उल्लेख्य बृद्धि : आइएमएफ


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको संक्रमणपछि विश्वभर नगदरहित कारोबारमा अकल्पनीय बृद्धि भएको आइएमएफले जनाएको छ ।

५२ वटा उदीयमान बजार एवं विकासशील मुलुकमा डिजिटल कारोबारमा के–कस्तो प्रगति भएको छ भनेर गरेको अध्ययनले वित्तीय सेवाको डिजिटलीकरणमा उल्लेख्य वृद्धि भएको आइएमएफले जनाएको छ ।

आइएमएफका अनुसार फिनटेक (वित्तीय प्रविधि)मा विगत चार वर्षमा नभएको उपलब्धि कोरोना महामारीपछिका दुई महिनामै प्राप्त भएको छ ।

लाइब्रेरिया, घाना, कुवेत, म्यानमारलगायतका मुलुकले डिजिटल कारोबार एवं मोबाइल मनी सेवाको शुल्क घटाइदिएर कारोबारको सीमा बढाएको पाइएको छ ।

फिनटेक अर्थात् वित्तीय प्रविधि अहिले शिक्षा, खुद्रा बैंकिङ, विप्रेषणलगायतका विभिन्न क्षेत्रमा विस्तार भइरहेको छ । फिनटेक स्टार्टअपबारे रियल टाइम जानकारी दिने कम्पनी सिबी इन्साइट्सले सन् २०१६ मा फिनटेकका २६ स्टार्टअपमा १७ अर्ब ४० करोड लगानी गरेको थियो ।

तिनै २६ कम्पनीको मूल्य २०१७ मा बढेर ८३ अर्ब ८० करोड पुगेको  र, सन् २०१८ सम्म आइपुग्दा यी फिनटेक फर्महरूको मूल्य १ खर्ब ४८ अर्बमा चुलिएको इन्साइट्सको तथ्यांकले देखाएको छ ।

अमेरिकी राज्य पेन्सिलभेनियाको एक पर्यटकीय गन्तव्य चेस्टनट हिलका क्याफे र स्टोरका ७८ प्रतिशत कारोबार अहिले क्रेडिट कार्ड एवं अन्य विद्युतीय माध्यमबाट हुन थालेको छ ।

संक्रमणको त्रासले गत मार्च र अप्रिल महिनामा विकसित मुलुकका केही स्थानमा नगद कारोबार शून्यमा पुगेको थियो । विकसित मुलुकका अधिकांश स्थानमा कोरोना संक्रमणअघिको तुलनामा नगद कारोबार ३० देखि ४० प्रतिशतले घटेर डिजिटल कारोबारले स्थान लिएको आइएमएफले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन