भारतले हाम्रो भूमि फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल | Khabarhub Khabarhub

भारतले हाम्रो भूमि फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको बताएकी छिन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै उहाँले भारतसँग वार्ताद्वारा नै नेपालको अतिक्रमण गरिएको भूमि फिर्ता ल्याइने बताइन् ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि नेपालको हो भन्ने सबै तथ्य प्रमाणहरु नेपालको पक्षमा रहेको उल्लेख गरिन । “सरकारले अतिक्रमण गरेको भूमिसहितको नक्सा जारी गरेको छ, जमिन फिर्ताका निम्ति सबै एकताबद्ध पनि भएका छौँ”, मन्त्री अर्यालले भनिन्, “सबै एकजुट भएर जाँदा हाम्रो भूमि फिर्ता गराउन सम्भव छ, त्यसरी नै अगाडि बढ्नुपर्छ ।”

उनले शक्तिशाली मुलुक भारतले नेपालजस्तो छिमेकीको मन नदुखाएर अगाडि बढ्नुपर्ने बताइन् । मन्त्री अर्यालले सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई काखापाखाको व्यवहार नगरिने भन्दै नेपालको कूटनीतिक सम्बन्धहरु छिमेकीसँग समदूरीको नै रहने धारणा राखे ।

उनले आफूले नै नयाँ नक्सा जारी, सगरमाथाको उचाइ मापन, विगतमा हडपिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता गर्ने अभियान सञ्चालन, भूमि बैंकको अवधारणा ल्याएको भन्दै प्रविधिको प्रयोगद्वारा दस्तावेजलाई डिजिटलाइज्ड गर्दै सबै सेवालाई अनलाइन सेवामा लैजाने अभियानमा लागेको बताइन् ।

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : २१ बजे

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा