सडक विस्तारले कतै खुशी, कतै त्रास | Khabarhub Khabarhub

सडक विस्तारले कतै खुशी, कतै त्रास


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ जिल्ला सदरमुकादेखि जैमिनी नगरपालिका जाने ‘पाग्जा टाकुरी सडकखण्ड’मा कालोपत्र गर्ने अन्तिम तयारीसँगै दक्षिण भेगका नागरिक उत्साहित छन् ।

दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षमै सडक कालोपत्र योजनाका साथ बन्दाबन्दीमा पनि दिनरात काम गरिरहेको छ । सो काम सम्पन्न भएपछि सो नगरपालिकाको सिमाना नजिकसम्म कालोपत्र सडकको पहुँच पुग्नेछ ।

सडक कालोपत्र हुन थालेसँगै बागलुङ नगरपालिका–१३, १४ तथा जैमिनी नगरवासीलाई निकै सहज हुने भएकाले स्वभाविक खुशी र उत्साहित तुल्याएको छ ।

तर त्यही सडकले बागलुङ नगरपालिका–१४ नारायणस्थान अर्माहका हरिप्रसाद लामिछानेलाई सुकुम्बासी बन्ने अवस्था ल्याएको छ । निर्माणाधीन सडक छेउमा टिनको धुरी र खरको पालीले छाएको घर, सडक फराकिलो बनाउँदा घर जोखिममा भएपछि पिँढीमा राखिएको ग्याबिन र घर चर्किएको छ ।

अर्माह पुग्ने जोकोहीलाई लाग्न सक्छ, यो घरमा कोही बस्दैनन् । तर सम्पत्तिको नाममा आधा रोपनी जग्गा सडकले खाइसकेको र घरसमेत जान थालेपछि सुकुम्बासी हुने अवस्थामा पुगेका उनको विकल्प केही नभएपछि जोखिम मोलेरै त्यही घरमा बस्दै आएका छन् ।

दुई वर्षको उमेरदेखि मामाघरमा बस्दै आएका उनकी अपाङ्गता भएकी श्रीमतीसँगै दुई छोरा त्यही चर्केको घरमा बस्दै आएका छन् । “सडक विस्तारका कारण चर्केको घर भत्केर मरिन्छ कि भनेर रातभर सुत्न सक्दिनँ”, उनले भने, “अब त त्यही घर पनि सडकले खाइदिने भयो सडकको बास हुने भयो ।”

सडक विस्तारका क्रममा घर भत्काउनुपर्ने भए पनि आवास व्यवस्थापन गर्न नसक्दा घर वरपर सडक विस्तार गरिएको छैन । उनको अन्य स्थानमा जग्गासमेत नभएको अवस्थामा आयोजना या सरकारले घडेरीको प्रबन्ध गरिदिनुपर्ने छिमेकी कृष्ण सुवेदी बताउँछन्।

सडक निर्माण कम्पनी र बागलुङ नगरपालिकाले घर निर्माण गर्ने भए जग्गाका लागि आफूले पहल गर्ने उनको भनाइ छ । घर जोखिममा परेको र सडकले घर भत्काउन लगाएको जानकारीपश्चात बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले निर्माण कम्पनीका प्रतिनिधिलाई राखेर छलफलसमेत गरेको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए ।

“लामिछानेलाई सुकुम्वासी हुनुपर्ने अवस्था आउन दिन्नौँ”, वडाध्यक्ष खत्रीले भने, “स्थानीय आफन्तले सानो घडेरी दिने कुरा छ, हामी नयाँ घर बनाइदिन्छौँ, जसमा निर्माण कम्पनी र नगरपालिकाको सहयोग हुनेछ ।” निर्माण कम्पनीले जग्गा व्यवस्थापन भएमा घर बनाइदिन सक्ने र नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख पौडेलको भनाइ छ ।

४३ वर्षदेखि त्यही घरमा बस्दै आएका लामिछानेलाई घर नजिकै जग्गा व्यवस्थापन गरेर घर निर्माण गरिदिनुपर्ने स्थानीयवासीको समेत माग छ । स्थानीय कृष्ण सुवेदी, केशवप्रसाद सुवेदीलगायतले सडक छेउछाउमै जग्गा व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् । घर हटाएर सडक विस्तार गर्न पाए आफूले घर निर्माणमा सहयोग गर्ने सडक निर्माणको जिम्मा पाएको सो जेभीका आधिकारिक प्रतिनिधि हेम गुरुङले जानकारी दिए ।

यस क्षेत्रमा गण्डकी प्रदेश सरकारको रु २६ करोडको लागतमा अहिले सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार धमाधम निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ३ : ०९ बजे

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको