कोरोना भाइरसले विश्वभर ७४ लाख ४६ हजारभन्दा बढी संक्रमित, ४ लाख १८ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसले विश्वभर ७४ लाख ४६ हजारभन्दा बढी संक्रमित, ४ लाख १८ हजारको मृत्यु


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ ।

विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १८ हजार १३७ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख ४६ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार ५९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७४ लाख ४६ हजार ११७ पुगेको छ ।

३३ लाख २ हजार ३२१ जनाको उपचार भइरहेकोमा ५३ हजार ८१२ जनाको अवस्था गम्भीर छ । ३७ लाख २५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८० हजार ९४१ जनाको मृत्यु भएको छ ।

२१ लाख ३९ हजार ७३८ जना संक्रमित भएकोमा ११ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३९ हजार ६३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ५५ हजार ४४९ पुगेको छ । त्यसमध्ये ९ लाख ८३ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ८१ जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार १९६ जना संक्रमित भएकोमा ८ लाख ८९ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५४ हजार ६२३ जनाको मृत्यु भएको छ । १२ लाख ६७ हजार ११५ जना संक्रमित भएकोमा ६ लाख २५ हजार ७७३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख १२ हजार ११ संक्रमित छन् । संक्रमितमध्ये ९७ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८८७ जना संक्रमित भएकोमा ८ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : ५४ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न