सेनाले चीनमा खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै १ हप्ता लाग्ने | Khabarhub Khabarhub

सेनाले चीनमा खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै १ हप्ता लाग्ने


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै १ साताको समय लाग्ने भएको छ ।

नेपाली सेनाले ल्याउन लागेका सामानहरुको चीनमा अहिले लेबलिङ (लेबल राख्ने) तथा सर्टिफिकेशन (प्रमाणीकरण) गर्ने काम भइरहेको छ ।

सैनिक स्रोतका अनुसार चिनियाँ पक्षले गत चैत २९ गतेदेखि नै लेबलिङ र सर्टिफिकेशनको काम शुरु भएको जानकारी दिएको थियो । तर, यो काम सकिन अझै ५ दिनसम्म लाग्ने जनाइएको छ ।

लेबलिङ र सर्टिफिकेशनको काम सकिएपछि भन्सार पास (कस्टम क्लियरेन्स)को काम शुरु हुने छ । कस्टम क्लियरेन्सका लागि कम्तिमा ७२ घण्टाको समय लाग्ने यसअघि नै सेनालाई जानकारी दिएको थियो ।

तर, सेनाले भन्सार पासको प्रक्रिया यथाशीघ्र गरिदिन आग्रह गरिएको जनाएको छ । भन्सार प्रक्रिया यथाशीघ्र गरिदिनका लागि परराष्ट्र मन्त्रालय, नेपाली सेनाको तर्फबाट बेइजिङस्थित सैनिक सहचारी र प्रधानसेनापतिको ‘च्यानल’मार्फत छुट्टा–छुट्टै अनुरोध गरिएको सैनिक स्रोतको भनाइ छ ।

सेनाले भन्सार पासको प्रक्रिया पूरा भएपछि मात्रै नेपाल वायुसेवा निगमको २ वटा वाइड बडी जहाज पठाएर चीनबाट स्वास्थ्य सामग्री ल्याइने जानकारी दिएको छ ।

स्वास्थ्य सामग्री खरिदमा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँगको सम्झौता विवादमा परेपछि गत चैत १६ गते मन्त्रिपरिषद बैठकले सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेर नेपाली नेपाली सेनालाई जिम्मा दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री र उपकरणको सूची तयार पारेको थियो ।

सेनाले ३४२ टन स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ कम्पनी चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग १ करोड ८४ लाख ४१ हजार ७०७ अमेरिकी डलर (सवा २ अर्ब नेपाली रुपैयाँ) को सम्झौता गरेको छ ।

ती सामग्रीहरु हवाई र स्थल (सडक) मार्गबाट नेपाल ल्याइने छ । दुवै मार्गबाट स्वास्थ्य सामग्री ढुवानी गर्ने जिम्मा फ्ल्यास फ्रेट लजिस्टिक नामक कम्पनीले पाएको छ ।

हवाई मार्गबाट ढुवानीका लागि ३ लाख ७२ हजार ५ सय अमेरिकी डलर र स्थल मार्गबाट हुने ढुवानीका लागि २ करोड ४६ लाख ७६ हजार ४ सय रुपैयाँ फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीले भुक्तानी पनि पाइसकेको छ ।

सेनाले सडक मार्गबाट आयात हुने सामानको भने वैशाख २२ गतेदेखि नै ढुवानी शुरु भएको जनाएको छ ।


चीनबाट स्वास्थ्य सामग्री ढुवानीका लागि जहाज उड्ने टुंगो छैन

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ३७ बजे

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।