कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतमा २० दिनका लागि कर्फ्यु जारी | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतमा २० दिनका लागि कर्फ्यु जारी


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढेसँगै कुवेतले आइतबारदेखि मुलुकभर कर्फ्यु जारी गरेको छ ।

कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेसँगै आइतबारदेखि कर्फ्यु लगाइएको हो ।

पूर्ण कर्फ्यु लगाइएको बताइए पनि कोपरेटिभ सोसाइटी, खाद्यान्‍न आपूर्ति गर्ने तथा ग्यास सिलिन्डर वितरण गर्ने पसलहरु खुला रहनेछन् ।

मानिसहरुलाई हिँडडुलका लागि बेलुका ४:३० देखि ६:३० सम्मको समय तोकिएको छ ।

उक्त समयावधिमा आफू बसोबास गर्ने क्षेत्रभित्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्डहरू ध्यानमा राखेर मात्र हिँडडुल गर्न पाइने छ ।

कुवेतमा सोमबार विहान यो समाचार तयार पार्दासम्म ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६८८ जना संक्रमित भएका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : १८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका