रुसमा कोरोना संक्रमितको संख्या दुईलाख भन्दा धेरै | Khabarhub Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या दुईलाख भन्दा धेरै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस- रुसमा पछिल्लाे २४ घण्टामा ११ हजार १२ जनामा काेराेना भाइरस सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या २ लाख ९ हजार ६ सय ८८ पुगेकाे छ ।

यससंगै रुस विश्वमा धेरै संक्रमित मुलुकको पाँचौ नम्बरमा पुगेको छ ।

आइतबार रुसमा ८८ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । अब रुसमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय १५ भएकाे छ ।

रुसमा पछिल्लाे एक हप्तादेखि प्रतिदिन १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

रुसी अधिकारीहरुले परीक्षणकाे दायरा बढाइएकाेले यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएकाे दाबी गरिरहेका छन् ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ ।

अमेरिकामा १३,०९,५४१ मानिस प्रभावित भएका छन् ।त्यस्तै  स्पेनमा २,२३,५७८, इटलीमा २,१८,२६८ तथा बेलायतमा २,१६,५२५ मानिस कोरोनाबाट प्रभावित छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६