अस्ट्रेलियाको पत्रिका 'द डेली टेलिग्राफ'लाई चिनियाँ कन्सुलेटको धम्की, यस्तो छ पत्रिकाको जवाफ | Khabarhub Khabarhub

अस्ट्रेलियाको पत्रिका ‘द डेली टेलिग्राफ’लाई चिनियाँ कन्सुलेटको धम्की, यस्तो छ पत्रिकाको जवाफ


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक आलेखमा प्रयोग भएको तस्वीरमा माओत्से तुङलाई मास्क लगाइदिएको भन्दै नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले ‘द काठमाडौं पोष्ट’का तत्कालीन सम्पादनक अनुप काफ्लेमाथि धम्कीपूर्ण विज्ञप्ति जारी गरेको धेरै भएको छैन ।

प्रेस स्वतन्त्रतामाथि चिनियाँ राजदूतावासले धावा बोलेको भन्दै यसबारेमा चर्को विरोध पनि भएको थियो । यस्तै घटना अस्ट्रेलियामा पनि घटेको छ ।

अष्ट्रेलियाको सिड्नीस्थित चिनियाँँ कन्सुलेटले पनि अष्ट्रेलियाको पत्रिका ‘द डेली टेलिग्राफ’लाई धम्कीपूर्ण भाषाको प्रयोग गर्दै १० वटा प्रश्नहरुको जवाफ मागेको छ । जसको जवाफ टेलिग्राफले चिनियाँ कन्सुलेटलाई पठाएको छ ।

पत्रिकाले पठाएको जवाफ डेलि टेलग्राफको अनलाइन संस्करणमा प्रकाशन भएको छ । जसको भावानुवाद हामीले यहाँ प्रश्तुत गरेका छौं ।

चिनियाँ कन्सुलेट : हालसालै द डेली टेलिग्राफले कोभिड–१९ नियन्त्रणको लागि चीनले अपनाएका उपायहरुबारे थुप्रै समाचार र आलेखहरु छापेका छन् जुन अज्ञानता, पूर्वाग्रह र अहंकारले भरिपूर्ण छन् ।

द डेली टेलिग्राफको जवाफ : यदी चीनमा रहेको सरकारी स्वामित्वको मिडियाबारे यस्तो गुनासो आएको भए, त्यहाँका पत्रकारहरुलाई अङ्गभङ्ग गरी जेलमा जाकिन्थ्यो होला ।

चिनियाँ कन्सुलेट : भाइरसको उद्गम पत्ता लगाउने कार्य विल्कुलै वैज्ञानिक हो जसका लागि व्यवसायिक र विज्ञानसम्मत अनुसन्धान आवश्यक हुन्छ ।

द डेली टेलिग्राफ : हो । निश्चित रुपमा आवश्यक हुन्छ । त्यसो भए मार्च १२ मा गरिएको एक पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी सेनाले हुवानमा महामारी भित्रयाएको भनी गरेको दाबी कति व्यवसायिक छ ?

चिनियाँँ कन्सुलेट : भारइसको उत्पतिबारे अहिलेसम्म निर्धारित भइसकेको छैन् र विश्व स्वास्थ्य संगठनले यसको नाम नोवेल कोरोना भाइरस ‘कोभिड–१९’ दिएको छ ।

द डेली टेलिग्राफ : विश्व स्वास्थ्य संगठनले जिम्बावेका हत्यारा रोर्बट मुगाबेलाई पनि सद्भावना दूत नियुक्त गरेको थियो जो कोरोना भाइरसभन्दा बढी खतरनाक थिए । विश्व स्वास्थ्य संगठनले यस्ता थुप्रै विवेकहीन कार्यहरु गर्दछन् ।

चिनियाँँ कन्सुलेट : भाइरसलाई पटक–पटक चीनसँग जोड्नु र अझ नोवेल कोरोनाभाईरस चीनमा बनेको उल्लेख गर्नुको पछाडि तपाईंको बास्तबिक उद्देश्य के हो ?

द डेली टेलिग्राफ : हाम्रो उद्देश्य सत्य प्रकट गर्नु हो । त्यसकारण हामीले सो भाइरसलाई बोगनोर रेगिससँग जोड्दैनौं अथवा भन्दैनौ कि यो पानामामा बनेको हो ।

चिनियाँ कन्सुलेट : वुहानका जनताले महामारी रोक्न निकै ठुलो प्रयास गरेका छन् र व्यक्तिगत रुपमा त्याग गरेका छन् ।

द डेली टेलिग्राफ : हो । वूहानका डा. ली वेङलियाङ्गले कोरोना फैलिन थालेको बारे जनतालाई सचेत गराउन ठूलो त्याग गरेका हुन् । न्यूयोर्क टाइम्सको अनुसार त्यसपछि जनवरीको शुरुवात तिर डा. लीलाई प्रहरी र मेडिकल अफिसरहरुले एक कागजमा हस्ताक्षर गर्न बलपुर्वक बाध्य बनाए जसमा लेखिएको थियो कि उनको चेतावनी गैरकानुनी अफबाह मात्र हो, त्यस्तो केही भेटिएकै छैन् ।

अहिले उनको मृत्यु भइसकेको छ र उनको व्यक्तिगत त्यागलाई पनि हामीले छापेका थियौं ।

चिनियाँ कन्सुलेटः तपाईंले ध्यानाकर्षण र बढी हिट पाउनका लागि वूहानलाई जोम्बील्याण्ड र वूहान सीफुड मार्केटलाई ब्याट मार्केट भन्नुभयो । तपाई कति तल झर्न सक्नुहुन्छ ?

द डेली टेलिग्राफः यो सभ्य संसारमा ‘ब्य्राडम्यान बैटस् एण्ड बैटस् एण्ड बैटस्’ एउटा प्रख्यात पत्रिकाको ब्यानर नाम हो ।
वुहानमा यो एक रेष्टुरेण्टको नाम हो ।

चिनियाँ कन्सुलेट : महामारी रोकथाम एवम् नियन्त्रणमा चीनको प्रभावकारीताले चिनियाँ कम्युनिष्ट पार्टीको जनता केन्द्रित दर्शन एवम् चिनियाँ प्रणालीबाट प्राप्त हुने लाभलाई स्पष्ट रुपले उजागर गर्दछ ।

द डेली टेलिग्राफ : एमनेष्टी इन्टरनेशनलको प्रतिवदेन अनुसार सन् २०१८ मा चीन एक्लैले मात्र बाँकी विश्वभन्दा बढी जनतालाई मृत्युदण्ड दिएको थियो । कृपया हामीलाई तपाईंको जनता केन्द्रित दर्शनबारे थप बताउनुहोस् । यसका लागि कतिबटा गोलीहरु चाहिन्छ ?

चिनियाँ कन्सुलेट : सत्यलाई स्वीकार र सामना गर्नुको साटो तपाईंको अखबारले फोहोरी भाषाको प्रयोग गरी चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीमाथि लज्जास्पद रुपमा आक्रमण गरेको छ ।

द डेली टेलिग्राफ : तर पनि हामीलाई जेल पठाइएको छ्रैन अथवा गोली हानिएको छैन । यतिखेर न्याय कहाँ गयो ?

चिनियाँ कन्सुलेट : तपाईंको बुझाई जनताको हितमा आधारित छ कि तपाईले कुनै वैचारिक पूर्वाग्रह राख्नुहुन्छ ?

द डेली टेलिग्राफ : हामी यो घातक संकटको विरुद्धको वैचारिक पूर्वाग्रह राख्दछौं । यो हाम्रो लागि यो दुःखद असफलता हो ।

चिनियाँ कन्सुलेट: जनवरी ३ देखि नै चीनले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समूदायलाई समयमै पारदर्शी रुपमा सबै सूचनाहरु दिँदै आइरहेको छ ।

द डेली टेलिग्राफ : चीनले समयमै पारदर्शी रुपमा सूचना दिन थालेको ११ दिन पछि जनवरी १४ मा विश्व स्वास्थ्य संगठनले विश्वसमक्ष चीनको एक हास्यापद सूचना प्रवाह गरेको थियो । जसमा भनिएको थियो कि कोरोनाभाइरस मानवबाट मानवमा सर्दैन् ।

चिनियाँ कन्सुलेट : महामारी विश्वभर तीव्र गतिले फैलिरहेको छ र चीनले गम्भिर रुपमा प्रभावित देशहरुलाई सक्दो सहयोग पु¥याइरहेको छ ।

द डेली टेलिग्राफ : बीबीसीको अनुसार स्पेन, टर्की र नेदरल्याण्ड्समा चीनबाट निर्यात गरिएको कोरोनाभाइरस परीक्षणका हजारौं कीट एवम् मेडिकल मास्कहरु गुणस्तरहीन र काम नलाग्ने पाइएको थियो ।

र एबीसीको अनुसार हालै मात्र अष्ट्रेलियका सिमा सुरक्षा अधिकारीहरुले ८ लाख मास्कहरु नक्कली भएकोले जफत गरेका थिए । तपाईंको सबै सहयोगका लागि धन्यवाद ।

चिनियाँ कन्सुलेट : भाइरसले कुनै सिमा चिन्दैन् ।

द डेली टेलिग्राफ : त्यसोभए चीनले किन मार्च २८ मा आफ्नो सिमानाकाहरु बन्द गर्यो जब कि उसले कोरोना भाइरसविरुद्धको लडाईं जितिसकेको दाबी गरेको छ ?

चिनियाँ कन्सुलेट : तपाईंले चीनको महामारी रोकथाम र नियन्त्रणबारे विश्व स्वास्थ्य संगठनले गरेको सकारात्मक समीक्षाहरुमाथि निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ तर तपाईलाई पक्कै पनि थाहा छ कि विश्व स्वास्थ्य संगठन वैश्विक जनस्वास्थ्यको क्षेत्रमा सबैभन्दला आधिकारिक अन्तर्राष्ट्रिय निकाय हो । जसको सदस्य अष्ट्रेलियासहित १९० वटा राष्ट्रहरु छन् ।

द डेली टेलिग्राफ : सूर्यको प्रकाशमा त्यो संख्यामाथि नजर राखिरहनुहोस् ।

चिनियाँ कन्सुलेट : तपाईंले चीनले प्रवाह गरेको आधिकारिक सूचनाहरु र विश्व स्वास्थ्य संगठनको व्यवसायिक धारणाहरुलाई वेवास्ता गर्दै तथाकथित विश्लेषकहरुलाई उद्धृत गर्दै आइरहनुभएको छ । के तपाईंलाई थाहा छ कि ती व्यक्तिहरुले लामो समय देखि अमेरिकी सरकारबाट आर्थिक सहयोग प्राप्त गरिरहेका छन् ?

द डेली टेलिग्राफ : अमेरिकाले गत बर्ष विश्व स्वास्थ्य संगठनलाई झण्डै ९०० मिलियन अमेरिकी डलरको योगदान गरेको थियो । अब तपाईं के भन्नुहुन्छ, सर ?

चिनियाँ कन्सुलेट : चीनमा महामारीको बारेमा तपाईंका पछिल्लो लेखहरु अतिशयोक्तिपूर्ण, गैर जिम्मेवार अफबाहरुले भरिएको एवम् चरम राजनीतिक छ ।

द डेली टेलिग्राफ : हामी बदमास हौं ।

कृपया डा. ली वेङलियाङ्ग हस्ताक्षर गरेको ‘नभेटिएको र गैरकानुनी अफवाह’ जस्तै एउटा दस्तावेज पनि पठाउनुहोला जसमा हामीले पनि त्यसरी नै हस्ताक्षर गर्नेछौं ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ५१ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे