संक्रमणको आशंकामा मस्जिदमा बस्दै आएका तीन जनालाई आइसोलेसनमा राखियो | Khabarhub Khabarhub

संक्रमणको आशंकामा मस्जिदमा बस्दै आएका तीन जनालाई आइसोलेसनमा राखियो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- कोरोना भाइसर संक्रमणको आशंकामा मस्जिदमा बस्दै आएका तीन जना भारतीयलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरु तीनैजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कोरोना संक्रमणको आशंकापछि वीरगन्ज महानगरपालिका(२, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार दिउँसोबाट नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको हो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्ये तीनजनालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए ।

चिकित्सकले उनीहरुको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौंडामा रहेको कोरोना परीक्षण प्रयोगशालामा पठाएका थिए ।

२४ जना मध्ये ३ जनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो ।

हेटौंडाको कोरोना परीक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको हो ।

‘हेटौंडाका ल्याबमा गरिएका परीक्षण शंकास्पद भएको भन्ने सुनिएपछि उनीहरुलाई अस्पतालको आइसोलेनमा ल्याइउको हो, डा उपाध्यायले भने, आज दिउँसोसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि के हो भन्ने कुराको निधो हुन्छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ३ : ४० बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।