राज्यमन्त्री मानन्धरले थाले क्वारेन्टाइनको अनुगमन | Khabarhub Khabarhub

राज्यमन्त्री मानन्धरले थाले क्वारेन्टाइनको अनुगमन


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टाइनको अवस्थाबारे सरकारले अनुगमन थालेको छ ।  

स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अनुगमन तथा सहजिकरण थालेको हो । 

शनिबार मध्यान्ह पशुपतिको धर्मशालामा निर्मित क्वारेन्टिनको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अनुगमन गरे ।

विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार’  मापदण्ड पूरा भए नभएकोबारे जानकारी लिन स्थलगत अनुगमन शुरु गरिएको मन्त्री मानन्धरले जानकारी दिए ।

पशुपतिको धर्मशालामा चारतारे स्तरको क्वारेन्टाइन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले जानकारी दिए ।क्वारेन्टाइनमा ३५ बेड तयारी अवस्थामा रहेको र थप ३५ बेड निर्माणको तयारी अन्तिम चरणमा रहेको छ । 

मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

पशुपतिको धर्मशालामा रहेकोक्वारेन्टाइन एक पटकमा ७० जनाको व्यवस्थापन गर्न सकिनेगरी तयारी भएको र सरकारले आवश्यक सबै सहजिकरण गरिरहेको मन्त्री मानन्धरले जानकारी दिए ।

सरकारले नागरिकको जीवन रक्षाका लागि हर तरहको प्रयास जारी राखेको बताउँदै मन्त्री मानन्धरले सरकारको योजनामा आम नागरिकले साथ दिएको भन्दै खुसी व्यक्त गरे । 

मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि सरकारले सबै तयारी पुरा गरेको बताउँदै देशभरका क्वारेन्टाइनमा मापदण्ड अनुसारकै सुविधा दिलाईने प्रतिवद्वता जनाए ।

मन्त्री मानन्धरले आपत्कालिन अवस्था आइपरे पूर्व तयारीस्वरुप देशभर व्यवस्थित क्वारेन्टाइन निर्माणलाई तिब्रता दिइएको बताउँदै उपत्यकाको सवालमा भइरहेको तयारीबारे भोलिसम्ममा अनुगमन सक्ने जानकारी दिए । 

भोलि ललितपुरको स्टाफ कलेज र अन्य केही स्थानको क्वारेन्टाइनको अवस्थाका बारेमा स्थलगत अनुगमन गर्ने मन्त्री मानन्धरले जानकारी दिए । 

सम्भावित संक्रमितका लागि निर्माण गरिने क्वारेन्टीनमा सबै सुविधा कायम गरिने बताउँदै मन्त्री मानन्धरले यसका लागि सबैको सहयोग आवश्यक भएको बताए। 

भोलि उपत्यकामा तयारी अवस्थामा रहेका र निर्माण गर्न सकिने स्थानको अवलोकन पश्चात् प्रतिवेदन तयार पारी आवश्यक थप व्यवस्थापनका लागि  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइने मन्त्री मानन्धरले जानकारी दिए ।

सहरी विकास मन्त्रालयका सचसचिव नवराज प्याकुरेलले उपत्यकाका क्वारेन्टिनको वास्तविक अवस्था र मापदण्ड अनुसार निर्माण भए नभएका बारे अनुगमन शुरु भएको जानकारी दिए ।

 क्वारेन्टिन विश्व स्वास्थ्य संगठनले तोके बमोजिम तथा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारकै रहेको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा धनश्याम खतिवडाले जानकारी दिए ।

अनुगमनको पूर्वसन्ध्यामा शुक्रबार सहरी विकास राज्यमन्त्री  मानन्धरले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, १८ वटै नगरप्रमुख तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ३ : १० बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन