नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस | Khabarhub Khabarhub

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)पदमा बढुवाको सिफारिस भएका छन्।

बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी छन्। बढुवाका लागि ३४ एसएसपी प्रतिष्पर्धामा थिए ।

शुक्रबार राति गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले दुई महिनादेखि रिक्त १० डीआईजी पदमा उनीहरुलाई बढुवाको सिफारिस गरेको हो।

गृह सचिव न्यौपाने अध्यक्ष रहेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्य सचिव छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालप्रहरीमा रहेको डीआईजी दरबन्दीआधाले कटौती गरेको थियो। सरकारले यसअघि कायम रहेको २६ डीआईजी दरबन्दीलाई १४ मा झारेको थियो।

गृहमन्त्रालयले प्रकाशित गरेको बढुवाको सूची

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : १२ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा