कोरोनाभाइरसः विश्वमा १ लाख बढीको मृत्यु, करीब १७ लाख संक्रमित | Khabarhub Khabarhub

कोरोनाभाइरसः विश्वमा १ लाख बढीको मृत्यु, करीब १७ लाख संक्रमित


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ ।

संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जना निको भएका छन् ।

विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण ७ हजार ९ जनाको मृत्यु भएको छ भने एकै दिन ९४ हजार बढीमा संक्रमण देखिएको छ ।

अमेरिकामा शनिबार बिहान समाचार तयार पार्दासम्म एकैदिन २ हजार ४३ जनाको मृत्यु भएको छ ।

यससँगै अमेरिकामा हालसम्म १८ हजार ७२५ पुगेको छ । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५ लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको , जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।

२ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ०१ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार