सिमकोट विमानस्थलको दुरावस्ता, गाई–गोरु धपाए पछि गरिन्छ विमान अवतरण | Khabarhub Khabarhub

सिमकोट विमानस्थलको दुरावस्ता, गाई–गोरु धपाए पछि गरिन्छ विमान अवतरण


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षा व्यवस्था फितलो बनेको छ । नेपाल खाद्य संस्थानको चामल र व्यापारीको जडीबुटी जिल्ला बाहिर ओसारिँदा विमानस्थलमा सबैको पहुँच सजिलै पुग्ने गरेको छ । अति संवेदनशील मानिने विमानस्थलको निषेधित क्षेत्रमा सामान्य नागरिक पनि सहजै पहुँचले विमानस्थलभित्र भरिभराउ हुने गरेको छ ।

सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन्, तर यतिबेला व्यापारीको ओसारपसार गर्ने काम चलिरहेको हुनाले सिमकोट विमानस्थलको संवदेशीलताको ख्यालै नगरी बिनाकामका व्यक्तिले पनि निषेधित क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । वर्गीकरण गरिएका क्षेत्रमा सम्बन्धित व्यक्तिलाई मात्र पहुँच हुने गरी विमानस्थल कार्यालयले अनुमतिपत्र प्रदान गर्ने गरे पनि नेपालगञ्ज, सुर्खेतबाट सामान र आफन्त आएका भन्दै विमानस्थल पुग्ने गरेका छन् ।

विमानस्थल प्रवेशका लागि ढोकामा रहेका सुरक्षा निकायलाई अन्य बाहना बनाएर सजिलै जो–कोही विमानस्थलमा पुग्ने गरेका छन् । विमानस्थलको निर्माण र खाद्यान्न ओसार्न भरिया महिला जाने भएकाले विमानस्थलमा भीड बढी देखिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । विमानस्थलमा गाईवस्तु पनि देखिने गरेको र अब यो सबैको व्यवस्थापन चाँडै गरिने प्रजिअ भट्टराईले बताइन् ।

यसले गर्दा विमानस्थलमा यात्रु र अन्य नागरिक छुटाउन मुस्किल हुने गरेको छ । सिमकोट विमानस्थलको सुरक्षालाई अबका दिनमा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । यस्तै सिमकोट विमानस्थल फोहर बन्दै गएको छ ।

विमानस्थलको खाली रहेको सबै क्षेत्रमा व्यापारीले जडीबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने भन्दै विमानस्थलमा थुपारिरहेका छन् । घोडा, खच्चडसमेत विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् । कतिपय अवस्थामा त गाई–गोरु र घोडा, खच्चडहरु धपाएर धावनमार्गमा विमान अवतरण गराउनुपर्ने वाध्यता रहेको विमानस्थलका कर्मचारीहरु दुखेसो पोख्छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : ५० बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा