गीताको कसम खाँदै अध्यक्ष थापाले भने–राप्रपालाई कहिल्यै फुट्न दिने छैनौं | Khabarhub Khabarhub

गीताको कसम खाँदै अध्यक्ष थापाले भने–राप्रपालाई कहिल्यै फुट्न दिने छैनौं


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीता हातमा लिएर (कसम खाँदै) आफूले कहिले पनि पार्टी नफुटाउने प्रतिज्ञा व्यक्ति गरेका छन् ।

तीन राप्रपाबीचको एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिवद्ध भएर देश बनाउने अभियानमा हिँडेका राप्रपा परिवार एकतावद्ध भएको भन्दै अब फुट्न नदिने उद्घोष गरे ।

‘अब राप्रपा कहिले पनि फुट्ने छैन । पार्टी एकता भएको छैन अब फेरि फुट्छ कि भन्ने चिन्ताबाट मुक्त हुनुस् ’ उनले कार्यकर्तालाई आग्रह गरे ।

फुटमा नेताहरुमात्र जिम्मेवार नहुने बताएका थापाले नेताको पछाडि होइन नीतिको पछाडि, व्यक्ति को पछाडि होइन विचारको पछाडि भन्ने शंकल्प लिइयो भने पार्टी नफुटने बताए ।

उनले तीनै जना यो भावनासँग सहमत भएर पार्टी एकता भएको बताए । अध्यक्ष थापाले ‘म कहिल्यै पनि पार्टी फुटाउने छैन’ भनेर उनले भनिरहँदा कार्यकर्ताले होहल्ला गरेका थिए ।

त्यसपछि उनले खल्तीमा हात हाले र गीताको पुस्तक निकाले । ‘तपाईंहरुलाई विश्वास लागेन मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ३ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन