राप्रपा एकीकरण : गीताको पुस्तक छोएर पार्टी नफुटाउने कसम खानु पर्ने माग | Khabarhub Khabarhub

राप्रपा एकीकरण : गीताको पुस्तक छोएर पार्टी नफुटाउने कसम खानु पर्ने माग


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो । नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ ।

कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एक भएको घोषणा गरेका हुन् ।

एकीकरण पत्र आदानप्रदान गरिरहँदा कार्यकर्ताले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए । एकता कार्यक्रममा सहभागी केहीले नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुट्दैन भन्नु पर्ने बताएपछि अन्य सहभागीले सही थपेका थिए ।

गीता छोएर पार्टी फुट्दैन भन्नु पर्ने माग आएपछि एकजनाले गीताको पुस्तक मञ्चमा लगेका थिए। तर अध्यक्ष थापा र राणाले उक्त पुस्तक छोएनन् ।

शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए । अब राप्रपामा ३ अध्यक्ष रहने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : ४८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन