दोश्रो सन्तानका लागि जन्मान्तर कति राख्ने ? | Khabarhub Khabarhub

दोश्रो सन्तानका लागि जन्मान्तर कति राख्ने ?


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पहिलो सन्तानको आमाबुवा बनिसकेका दम्पत्तिहरुमा प्रायः एउटा उल्झन रहने गर्दछ ।

अब अर्को सन्तान कति समयको अन्तरालमा जन्माउने ? कतिपयले यसका लागी अस्पताल वा निजि चिकित्सक मार्फत जानकारी लिन्छन् भने कतिले आफै योजना बनाउँछन् ।

अझ कतिपय अवस्थामा त बिना योजना नै अनेच्छुक गर्भ रहदाँ अर्को सन्तान जन्मने गर्दछ ।

यसरी योजना बिना गर्भवती बन्न पुग्दा अधिकांश महिलामा स्वास्थ्य जोखिम उच्च हुन्छ ।

कहिलेकाहिं कम समय अन्तरमा जन्मने शिशुको स्वास्थ्यमा समेत यसले समस्या निम्त्याउँछ । त्यसैले दोस्रो पटक गर्भवती बन्दा दुई सन्तानको बीचमा कति समयको अन्तर हुनु आवश्यक छ ? र कति बर्षको अन्तर राम्रो मानिन्छ । यसबारे जान्नु आवश्यक हुन्छ ।

कुनै पनि महिलाले पहिलो बच्चाको आफ्नो निर्भरता बिना खान, बस्न वा हिडडुल गर्न सक्छ भन्ने अवस्थामा मात्र दोश्रो सन्तान जन्माउनु उचित हुन्छ ।

यसका लागी ३/४ बर्षको अन्तराल दोस्रो गर्भधारणका परिपक्व मानिन्छ । तर, जो महिलाहरुले ३० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्माएकी छन्, उनका लागी दोश्रो गर्भधारण गर्ने उमेर कम हुन्छ ।

कारण, बढ्दो उमेरका कारण उनीहरुमा प्रजननसंग सम्बन्धित समस्या उत्पन्न हुनसक्छ । तथापी २ बर्षभन्दा कम अन्तर हानिकारक हुन्छ ।

कामकाजी अवस्था वा कारणवशं जन्म दिनुपर्ने बाध्यता बाहेक दुई सन्तान बीचमा ३/४ बर्षको अन्तर राम्रो मानिन्छ ।

यो अन्तरमा पहिलो गर्भाधारण अथवा सुत्केरीपछि महिलाहरुको शरीरले पुनः पुरानो स्वरुप प्राप्त गर्न सक्दछ । साथै दुई सन्तानलाई पूर्ण रुपले तथा बराबर समय र ध्यान दिन पनि यो अन्तर राम्रो मानिन्छ ।

कतिपय अभिभावकले दुई सन्तानका बिचमा ५ बर्षभन्दा बढि अन्तर राख्ने गर्दछन् । तर यति धेरै अन्तरले दुबै बच्चाहरु बिच निकटतामा कमी आउने गर्दछ ।

उमेर अनुसारको स्वभाव नमिल्ने, जेठोलाई माया कम भएको महशुस हुने लगायतका कारण भोलिका दिनमा दुई सन्तानका बिचमा मनमुटाव हुने गर्दछ ।

त्यसैले पहिलो गर्भाधारणपछि दोस्रो सन्तानको योजना बनाउनु भन्दाअघि ३/४ बर्षको अन्तर राख्नु नै उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ४० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले