अन्नपूर्ण आधार शिविरमा स्की खेलको प्रशिक्षण हुने | Khabarhub Khabarhub

अन्नपूर्ण आधार शिविरमा स्की खेलको प्रशिक्षण हुने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रसिद्ध अन्नपूर्ण आधार शिविरमा स्की खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महत्वपूर्ण पर्यटकीय क्षेत्र अन्नपूर्ण क्षेत्रमा स्की/स्नोबोर्डसम्बन्धी प्रशिक्षण कार्यक्रम हुन लागेको आज आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

नेपाल माउन्टेन एकेडेमी, नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा स्की तथा स्नो बोर्डिङ प्रतिष्ठानले स्की/स्नोबोर्डसम्बन्धी अभिमुखिकरण आयोजना गर्न लागेको हो ।

समुद्री सतहदेखि चार हजरा २०० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा यही जनवरी १३ देखि २४ सम्म तालिम सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए ।

कार्यक्रममा लागि १६ सदस्यीय टोली बुधबार आधार शिविर प्रस्थान गर्नेछन् । चार जना स्की प्रशिक्षक पनि सँगै जानेछन् । एक नेपालीसहित दुई जर्मनी र एक इटालिका प्रशिक्षकले स्कीको तालिम दिने जनाइएको छ ।

कार्यक्रमलाई नेपाली स्की सङ्घ, नेपाल भ्रमण वर्ष सचिवालय र स्की गाइड नेपालको सहयोग रहेको छ । प्रतिष्ठानले यसअघि रोल्वालिङ, दोलखाको कालिञ्चोक, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र अन्नपूर्ण आधारशिविरमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

स्कीलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तररष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थितिका लागि यस प्रकारको महोत्सव तथा तालिमले सहयोग पुग्ने आयोजकको दाबी छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ५७ बजे

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट