बंगालको खाडीमा डुंगा डुब्दा १५ रोहिङ्ग्या शरणार्थीको मृत्यु | Khabarhub Khabarhub

बंगालको खाडीमा डुंगा डुब्दा १५ रोहिङ्ग्या शरणार्थीको मृत्यु


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको तटपारी डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ ।

बंगलादेशबाट भागेर मलेसिया जानेक्रममा १३० जना चढेको डुङ्गा बंगलादेशको तटपारी बंगालको खाडी क्षेत्रमा रहेको सेन्ट मार्टिन टापुनजिक डुबेको बंगलादेशको तटरक्षक फौजले जनाएको छ ।

डुङ्गामा चढेकामध्ये ७० जनाभन्दा धेरैलाई उद्धार गरिएको जनाइएको छ । ५० जना क्षमताको डुङ्गा बंगलादेशको तटीय शहर कक्स बजारबाट मलेशिया जानका लागि हिँडेको बताइएको छ । क्षमताभन्दा धेरै यात्रु बोकेका कारण डुङ्गा डुबेको हुनसक्ने बंगलादेशी अधिकारीको आशंका छ ।

मारिनेमा महिला र बालबालिका समेत छन् । सन् २०१७ मा म्यान्मारको सेनाले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या जनजातीलाई लक्षित गरी कारवाही चलाएपछि लाखौं रोहिङ्ग्याहरु हाल बंगलादेशमा शरणार्थीका रुपमा बसोबास गर्दै आएका छन् ।

यद्यपि बंगलादेशको शरणार्थी शिविरको अवस्था दयनीय रहेका कारण हरेक वर्ष हजारौं रोहिङ्ग्याहरु खतरनाक बाटो प्रयोग गरी ज्यान जोखिममा राखेर बंगालको खाडीबाट मलेशिया जाने गरेको बताइन्छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका