गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद सजायको फैसला | Khabarhub Khabarhub

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद सजायको फैसला


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई लागू औषध (हेरोइन) कारोबार तथा हातहतियारको मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

रामेछापको दुरागाउँ घर भएका पौडेलविरुद्ध १४ साउन २०७१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

पौडेल १० असार २०७१ मा काठमाडौंको कलंकीबाट लागू औषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ३ : ०९ बजे

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने