आइसोलेसन 'वार्ड' भएका ३६ अस्पताललाई कोरोनाको उपचारका लागि तयार रहन निर्देशन | Khabarhub Khabarhub

आइसोलेसन ‘वार्ड’ भएका ३६ अस्पताललाई कोरोनाको उपचारका लागि तयार रहन निर्देशन


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन वेडको व्यवस्थापन गरेका काठमाडौं उपत्यकाका ३६ वटा अस्पताललाई  कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिन सक्ने भन्दै आइसोलेसन वेड भएका ३६ वटा अस्पतालसँग छलफल गर्दै मन्त्रालयले कोरोनाको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले आइसोलेसन वेड रहेका अस्पतालसँग आज छलफल गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा बिरामीको उपचारका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालका अनुसार काठमाडौंमा रहेको ३६ वटा हब तथा स्याटेलाइट अस्पतालहरुले १ सय ४७ वटा आइसोलेसन वेड कोरोना भाइरस संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखेको जानकारी दिएका छन् ।

‘आज स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेको ३६ वटा अस्पतालसँग कोरोना भाइरसको विषयमा उहाँहरुले गरिरहनु भएको तयारीबारे छलफल गर्‍यौं,’ मन्त्रालयका सहप्रवक्ता दाहालले भने, ‘ हामीले उहाँहरुलाई कोरोना भाइरस देखिएमा उपचारको लागि तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छौं ।’

स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि १ बजेसम्म भएको छलफलमा स्वास्थ्य मन्त्रालयका डाक्टर दिपेन्द्र रमण सिंह, डा गुणराज लोहनी, प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठ तथा आइसोलेसन वेड तयारी अवस्थामा राखेका अस्पतालका प्रमूख तथा प्रतिनिधिहरु सहभागि थिए ।

यी अस्पतालले व्यवस्थापन गरे आइसोलेसन वेड

आइसोलेसन वेड तयारी अवस्थामा रहेका अस्पतालहरुको नामावली

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा जुनसुकै बेला फैलनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले त्यसको पूर्व तयारी गरीरहेको मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न पुर्व तयारी गरीरहेपनि कोरोना भाइरस प्रभावित चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषय भने अझै टुंगो लागेको छैन ।

सरकारले चीनमा रहेका करिब २ सय नेपाली स्वदेश ल्याउन उच्चस्तरीय छलफललाई भने निरन्तरता दिइरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न र चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा सरकारले आजपनि छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : ०३ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई