४ चिनियाँ सेनालाई अमेरिकामा मुद्दा | Khabarhub Khabarhub

४ चिनियाँ सेनालाई अमेरिकामा मुद्दा


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले चीनका चार सैनिक अधिकारीमाथि तीन बर्षअघि भएको साइबर आक्रमणमा संलग्न भएको ठहर गर्दै मुद्दा दायर गरेको छ ।

अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले सन् २०१७ मा भएको  साइबर आक्रमण इतिहासकै सबैभन्दा ठूलो भएको उल्लेख गरेका छन।

आरोपित चारै जना चीनको पिपुल्स लिबरेसन आर्मीको ५४ औँ अनुसन्धान इन्स्टिच्युडका सदस्य हुन् । सो इन्स्टिच्युड चिनियाँ आर्मी मातहतकै संस्था हो ।

क्रेडिट रेटिङ जाइन्ट एक्वीफ्याक्समा भएको ठूलो साइबर आक्रमणबाट १४ करोडभन्दा बढी मानिसको डाटा चोरिएको थियो ।

सन् २०१७ मा भएको सो साइबर आक्रमणपछि ह्याकरले उनीहरुको नाम, ठेगानासहितका व्यक्तिगत जानकारी चोरी गरेका थिए

बेलायत र क्यानडाका केही मानिसका विवरण समेत त्यो बेला चोरी भएको बताइन्छ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ८ : ०७ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त