रोजगारी खोज्दै प्रत्येक वर्ष ३० हजार महिला विदेसिँदै | Khabarhub Khabarhub

रोजगारी खोज्दै प्रत्येक वर्ष ३० हजार महिला विदेसिँदै

बिना सीप वैदेशिक रोजगारीमा जाँदा जोखिम बढ्दो



काठमाडौं– विदेशमा काम गरेर धेरै पैसा कमाउने र नेपाल फर्केर सुखी जीवनको सपना देख्ने महिलाहरुको संख्या बढ्दै गइरहेको छ ।

सरकारले खाडी मुलुकमा महिला कामदार पनि जान पाउने व्यवस्था गरेपछि वैदेशिक रोजगारमा जाने महिलाको संख्या बढ्न थालेको हो ।

पढे लेखेकाहरु उच्च शिक्षाका विदेसिन्छन भने कम पढेकाहरु पैसा कमाउनका लागि विदेशतर्फ आकर्षित भइरहेका छन् ।

मुलुकमा स्थायी सरकार बनेपछि जीविकोपार्जनका लागि परदेश धाउनुपर्ने बाध्यताको अन्त्य होला भन्ने कल्पना गर्नेहरु पनि निराश बन्दै विदेशलाई नै विकल्प बनाउन थालेका छन् ।

स्थानीय तहहरुमा रोजगारीका अवसर सिर्जना हुन नसकेपछि पछिल्लो समय जीविकोपार्जनको माध्यम पहिल्याउँदै महिलाहरु पनि वैदेशिक रोजगारी तर्फ लम्किरहेका हुन् ।

त्यसो त विगतका कुरा गर्ने हो भने झण्डै दुई दशकअघिसम्म महिलाहरु स्वदेशमै घरायसी काममा मात्र रुल्मिरहेका हुन्थेँ ।

तर जब विस्तारै शिक्षाका क्षेत्रमा महिला अग्रसर हुन थाले तब उनीहरु घरबाट बाहिर हिड्न र रोजगार खोज्दै शहर र शहरदेखि विदेशसम्म पुग्न थालेका छन् ।

पछिल्ला दिनहरुमा वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या उल्लेख्य रुपमा बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वार्षिक ३० हजार महिला विदेसिन्छन्

वार्षिक रुपमा लगभग ३० हजार महिलाहरु कामको खोजीमा विभिन्न मुलुक पुग्ने गरेको बताउछन् विभागका सूचना अधिकारी भोलानाथ गुरागाइँ ।

यद्यपी श्रम स्वीकृति लिएरभन्दा पनि अवैधानिक तरिकाले विभिन्न नाका हुँदै पनि महिलाहरु विदेश पुग्ने गरेको समाचार प्रकाशन हुँदै आएका छन् ।

‘विगतको तुलनामा अहिले वैदेशिक रोजगारमा जाने महिलाको संख्यामा वृद्धि भइरहेको छ’ गुरागाइँले भने, ‘तर अझैपनि सीप सिकेर जानुपर्छ भन्ने भावनाको विकास भने भएको छैन ।’

विभागको तथ्याङ्अनुसार आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म २ लाख १७ हजार ४ सय ४१ जना महिला श्रमका लागि विभिन्न मुलुक पुगेको देखिन्छ।

हरेक आर्थिक वर्षमा २५ देखि ३० हजार महिलाहरु विदेशिने गरेको विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ७२/७३ मा १९ हजार ३ सय, ०७३/७४ मा २० हजार १ सय, ०७४/७५ मा २२ हजार ४ सय महिला विदेशिएका थिए भने गत आर्थिक वर्ष अर्थात् ०७५/७६ मा २४ हजार ८ सय महिला विभिन्न मुलुकमा पुगेका छन् ।

आर्थिक वर्ष ०६५/६६ सालतिरको तथ्याङ् हेर्दा ८ हजार ६ सय महिला विदेशिएको देखिन्छ । तर १० वर्षपछि अर्थात् अहिले त्यसको संख्यामा दोब्बरले वृद्धि भएको देखिन्छ ।

वैदेशिक रोजगारीमा महिलाको रोजाइमा कुवेत

विभागकाअनुसार वैदेशिक रोजगारमा जाने कूल संख्या हेर्दा अधिकांश तराईका जिल्लाहरुमा त्यसमा पनि प्रदेश नम्बर दुई र तीनको बाहुल्यता धेरै छ ।

महिलाहरुका लागि कतार, मलेशिया, साउदी अरेबिया, कुवेत बहराइन, ओमान, जापान व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिका मुख्य गन्तव्यहरु हुन् । यी देशहरुमध्ये महिलाको संख्या भने कुवेत जानेमा बढी देखिन्छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा लिएका कुल २४ हजार ३ सय जनाको संख्यामा २० हजार २ सय महिला रहेका छन् । त्यो आर्थिक आर्थिक वर्ष ०७५/७६ को तथ्याङ्क हो । यसलाई आधार मान्ने हो भनेपनि वैदेशिक रोजगारमा जाने महिलाको पहिलो रोजाईमा कुवेत पर्ने गरेको देखिन्छ ।

कूल १ लाख १५ हजार ३ सय जनाले व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिएकोमा २७ प्रतिशत अर्थात् ३१ हजार ८ सय २० जना महिला छन् ।

पुनः श्रम स्वीकृति लिनेमा भने महिलाहरुको संख्या कूल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४ प्रतिशत देखिन्छ । कूल १५ लाख ८७ हजार ६ सय ५७ पटक पुनः श्रम स्वीकृति लिएकोमा ६४ हजार ५ सय १७ जना महिला छन् ।

महिलाहरु रोजगारीका शिलशिलामा जुनसुकै देशमा पुगेतापनि घरेलू कामदार वा केयरगिभरको रुपमा जाने गरेको पाइन्छ ।

रोजगारीमा विदेश जाने महिलामध्ये ५० प्रतिशत झापाका

गत आर्थिक वर्षभित्र देशभर ७५ जिल्लाबाट कामको खोजीमा १ लाख ३२ हजार ९ सय महिलाहरु विदेशिएका छन् ।
जसमध्ये सबैभन्दा धेरै झापाबाट २३ हजार अर्थात् १७ प्रतिशत विदेशिएको तथ्याङ्मा उल्लख गरिएको छ भने दोस्रोमा सिन्धुपाल्चोक छ ।

त्यस्तै मोरङ्ग, काठमाडौं, मकवानपुर, काभ्रेपलाञ्चोक, सुनसरी, नुवाकोट, चितवन र इलाम गरी १० वटा जिल्लाबाट १ लाख २२ हजार ६ सय महिला विदेशिएका छन् ।

सीप बिना नै विदेश, २५ प्रतिशत मात्रै दक्ष

वैदेशिक रोजगारमा जाँदा सूचना तथा जानकारी लिएर र अभिमूखिकरण तालिम लिएर जानैपर्ने कानूनी व्यवस्था समेत छ । तर कामको खोजीमा विदेशिनेहरुले अधिकांश सीप बिना नै श्रम स्वीकृति लिने गरेका छन् ।

सरकारले सीपयुक्त जनशक्तीलाई विशेष प्राथामिकता दिँदै आएपनि वैदेशिक रोजगारीमा जाने महिलाहरुमध्ये २५ प्रतिशतले मात्र सीप लिई दक्ष भएर जाने गरेका छन् ।

विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनअनुसार श्रम स्वीकृति लिने कुल ९७ हजार ३ सय जना महिलाहरुमध्ये ५८ प्रतिशत अर्थात् ५७ हजार २ सय जना सीप बिना नै श्रम स्वीकृति लिएका छन् ।

प्रतिवेदनअनुसार सीपको तहमा महिलाको संख्यालाई हेर्ने हो भने शून्य दशमलव पाँच प्रतिशतले वैदशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : ०३ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई