नेकपा सचिवालय बैठकले आज चयन गर्ला सभामुख ? | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठकले आज चयन गर्ला सभामुख ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा सभामुखको उम्मेदवार बारे छलफल हुनेछ ।

आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ । त्यसअघि सभामुखको चयन गर्नका लागि सत्तारुढ दलको सचिवालय बैठक बोलाइएको हो ।
नेकपामा कसलाई सभामुख बनाउने भन्ने विवाद देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा रहेका छन् भने अर्का अध्यक्ष प्रचण्ड अग्नी सापकोटालाई सभामुख बनाउन पहल गरिरहेका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुख बन्नुपर्ने दाबी गरिरहेकी छिन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको नेकपा निकट नेताहरुको भनाइ छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेपछि उनी अहिले जेलमा रहेका छन् भने सभामुख पद रिक्त रहेको छ ।

संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने व्यवस्था रहेको छ । जसका कारण सत्तारुढ दलले सभामुख आफूले राख्नका लागि उपसभामुख छोड्नु पर्नेछ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ४ : ५५ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर