लुम्बिनी र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध | Khabarhub Khabarhub

लुम्बिनी र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको विश्व सम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

शुक्रबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनबीच भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री नुरीया फ्लोरेस रेडोन्डो र प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको उपस्थितिमा भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो ।

यसैगरी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी वरिपरिका नगरपालिका तथा गाउँपालिकाबीचमा पनि भगिनी सम्बन्ध विस्तारका लागि हस्ताक्षर भएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुयल भिलानोभासँग देवदह नगरपालिका प्रमुख हीराबहादुर केसी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ, मायादेवी गाउँपलिका प्रमुख ध्रुवनारायण चौधरी, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खान र गैँडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले भगिनी सम्बन्धमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले भगिनी सम्बन्ध विस्तारले दुवै देशको कूटनीतिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे ।

लुम्बिनीलाई आकर्षक पर्यटकीयस्थलको रूपमा विकास गर्ने तयारी भइरहेका बेला भएको हस्ताक्षर पर्यटन प्रवद्र्धनमा र एक अर्को देशको संस्कृति आदान–प्रदानमा महत्वपूर्ण सावित हुने बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारसामु चिनाउन र लुम्बिनी वरिपरिका नगर र पालिकालाई आधुनिक एवं व्यवस्थित पालिकाको रुपमा विकास गर्न विभिन्न देशका शहरसँग सम्बन्ध स्थापना गरेर अगाडि बढ्ने तयारीमा रहेको बताए ।

काथेरेस नगरपालिकाका प्रमुख लुइसले बुद्ध जन्मस्थलमा आएर सांस्कृतिक नगरसँग भगिनी सम्बन्धमा हस्तारक्षर गर्न पाउँदा खुशी लागेको बताए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  १० : ५० बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका