अबैध यौन धन्दामा संलग्न भएको आरोपमा अभिनेत्री पक्राउ | Khabarhub Khabarhub

अबैध यौन धन्दामा संलग्न भएको आरोपमा अभिनेत्री पक्राउ


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाँच तारेर होटलमा बसेर अबैध यौन धन्दा गरेको आरोपमा बलिउड अभिनेत्री अमृता धनोआ पक्राउ परेकी छिन् ।

धनोआलाई मुम्बइ पुलिसले भारतको गोरेगांव स्थित एक होटलबाट पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार, उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । प्रहरीले दिएको प्रतिक्रिया अनुसार, उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।

भारतीय प्रहरीले अवैध यौनधन्दा चलिरहेको सूचनाका आधारमा होटलमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली ग्राहक बनेर होटलमा पुगेपछि उनीहरुको कर्तुत थाहा भएको थियो । त्यसपछि छापा हालेर उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, दुवै अभिनेत्री यौनधन्दाका एक हिस्सा हुन् । अमृताले अनलिमिटेड नशा, प्रविन बबी, द वर्ल्ड अफ फेशन लगायतका बलिउड फिल्ममा काम गरेकी छिन् ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : ४६ बजे

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा