आगलागीमा छोरी जोगाएर किम परिवारको फोटो नजोगाउने आमालाई जेल सजाय ! | Khabarhub Khabarhub

आगलागीमा छोरी जोगाएर किम परिवारको फोटो नजोगाउने आमालाई जेल सजाय !


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाकी एक आमाले जलिरहेको घरभित्रबाट आफ्ना दुई छोराछोरीलाई बचाएर उत्तर कोरियाली नेता किम जोन उनको परिवारको फोटो जोगाउन नसक्दा जेल सजाय हुने भएको छ ।

ती आमाले छोरीहरु जोगाए पनि घरभित्र भित्तामा टाँसिएका उत्तर कोरियाली नेताहरुको फोटो बचाउन सकिनन् । फोटोहरु जलेपछि अहिले ती आमालाई जेल सजाय हुन सक्ने गरी मुद्दा चलाइएको छ । अहिले ती महिलामाथि देशको राज्य सुरक्षा मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।

चीनको सीमा नजिकै उत्तरी ह्यामग्योंग प्रान्तको ओनसोंग काउन्टीमा दुई परिवारले बाँडेर बसोवास गरिरहेको घरमा एक्कासी आगो लागेको थियो । दुवै परिवारका अभिभावक आगलागीको समयमा घरबाहिर थिए । धुवाँ देखेपछि उनीहरु आफ्ना परिवारलाई बचाउन दौडिँदै आए । उनीहरुले छोराछोरीलाई बचाउने क्रममा उत्तर कोरियाली नेताहरुको फोटोको एक सेट भने जल्यो ।

उत्तर कोरियामा हरेक परिवारले उसका पूर्व नेताहरु किम इल सुंग र किम जोङ इलको फोटो अनिवार्य रुपमा घरमा राख्नुपर्ने नियम छ । सरकारले हरेक घरमा फोटो राखिएको जाँच गर्न जाँच अधिकारी नै पठाउने गर्छ । यहाँको नियम अनुसार किम परिवारमा फोटोहरुलाई हरेक नागरिकले आफूलाई जत्तिकै श्रद्धाका साथ राख्नुपर्छ । यदि यी तस्वीरको सुरक्षामा कुनै कमी भएमा त्यसलाई गम्भीर अपराध मानिन्छ ।

यदि यी आमा यो अपराधमा दोषी ठहरिएमा उनलाई कडा परिश्रमको साथमा लामो समयसम्म जेल सजाय हुन सक्छ । उत्तर कोरियाको मिडिया डेली एनकेको रिपोर्ट अनुसार अनुसन्धानको नतिजा स्वरुप ती आमाले अहिले न त आफ्ना छोराछोरीलाई अस्पतालमा राख्न पाउँछिन् न त उनीहरुको जलेको घाउको लागि एन्टिबायोटिक्स औषधी प्राप्त गर्न सक्छिन् । छिमेकीहरु सहयोगका लागि अगाडि आउन खोजेका थिए तर उनलाई राजनैतिक अपराधको अभियोग लगाइन सक्ने डरले उनीहरु पनि पछि हटे ।

ती आमामाथि भइरहेको अनुसन्धान पूरा भएपछि मात्र उनले आफ्ना छोराछोरीको हेरविचार गर्न पाउनेछिन् । किम परिवारका फोटोलाई बाढी वा आगोमा बचाउने उत्तरु कोरियालीहरुलाई हिरोको रुपमा हेरिन्छ । यदि फोटो बचाउने प्रयासमा उनीहरु मरेमा उनीहरुलाई झनै सम्मानित दृष्टिले हेरिन्छ । २००५ मा उत्तर कोरिया छाडेर भागेकी जुन यू सुंगले २०१५ मा एक अन्तरवार्तामा यस्तै घटनाको स्मरण गरेकी थिइन् ।

२०१२ मा दक्षिणी हामक्योंगको सिनहुंग काउन्टीमा आफ्नो घरमा राखिएको किमको फोटो बचाउने प्रयासमा १४ वर्षकी हान ह्योंग ग्योंग डुबेर मरिन् । उनलाई मरणोपरान्त किम जोंग इल युवा वीरता पुरस्कारले सम्मानित गरियो र उनको स्मृतिमा उनको स्कुलको नाम फेरियो ।

प्योंगयांग घुम्न गएका एक अमेरिकी विद्यार्थी ओट्टो वार्मबियरलाई कठोर श्रमसहित १५ वर्षको जेल सजाय सुनाइएको थियो । उनको अपराध यत्ति थियो कि उनले किम इल सुंगको नाम लेखिएको पोस्टर तानेका थिए । घरमा किम परिवारको फोटो झेण्ड्याउन पनि खास नियम छ । ती फोटोहरु घरको मुख्य भित्तामा हुनुपर्छ र यति उचाइमा हुनुपर्छ कि कोही पनि फोटोभन्दा अग्लो उभिन नसकोस् ।

ती फोटोहरुलाई सफा राखिनुपर्छ । फोटोमा धुलो जम्नु हुँदैन । धुलो जमेमा जरिवाना तिर्नुपर्छ । कति जरिवाना तिर्ने भन्ने धुलोको परिमाणको आधारमा तय हुन्छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : ३४ बजे

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना