बस र ट्रक ठोक्किँदा भीषण आगलागी, २० जनाको मृत्यु | Khabarhub Khabarhub

बस र ट्रक ठोक्किँदा भीषण आगलागी, २० जनाको मृत्यु


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तरप्रदेशमा यात्रुबाहक बस ट्रकसँग ठोकिँएर भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।

बस र ट्रक ठोकिँदा भीषण आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । शुक्रबार राति साढे ९ बजे उत्तर प्रदेश कन्नौजको छिबरामउ–जीटी रोडमा पर्ने घिलोई गाउँमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेको हो ।

बसबाट २१ जना घाईतेको उद्धार गरिएको छ। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्। एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो ।

यो दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल दुई–दुई लाख र घाइतेहरुलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

 

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : २८ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको