ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन | Khabarhub Khabarhub

ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानका सुल्तान (राजा) काबूस बिन सैद अलीको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा निधन भएको हो ।

क्यान्सरबाट पीडित सुल्तान काबूस गत महिना बेल्जियममा उपचार गराएर स्वदेश फर्किएका थिए । सुल्तान काबूसको शुक्रबार बेलुका निधन भएको सरकारी सञ्चारमाध्यमले शनिबार बिहानै जानकारी दिएको हो ।

काबूसले बेलायतको सहयोगमा सन् १९७० मा रक्तबिहीन ‘कू’ मार्फत आफ्ना पितालाई अपदस्थ गरेर शासन सम्हालेका थिए । अविवाहित उनका अहिले उत्तराधिकारी छैनन् ।

अब ओमानी राजपरिवारका झण्डै ५० पुरुष सदस्यहरुमध्येबाट राजपरिवार काउन्सिलले एकजनालाई भावी सुल्तानका रुपमा चयन गर्नेछ । यो प्रक्रिया तीन दिनभित्र पूरा हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ७ : २८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०