बेलायती प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच ब्रेक्जिट सम्झौताबारे छलफल | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच ब्रेक्जिट सम्झौताबारे छलफल


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका प्रधानमन्त्री बोरिस जनसनले युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता ब्रेक्जिटबारे छलफल भएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतलाई ब्रेक्जिटबारे सहमति गर्नैपर्ने दवाव रहेकाले दुवै नेताबीच लामो अनौपचारिक छलफल पछि औपचारिक भेटवार्ता भएको हो ।

यही डिसेम्बर अन्त्यसम्ममा बेलायतले ब्रेक्जिटबारे निर्णय गरिसक्नुपर्ने विश्व व्यापार संगठनको समयसीमा रहेकाले छलफललाई तीव्र पारिएको हो ।

दुवै नेताबीच भएको भेटवार्तामा कुनै ठोस सहमति नभएको बताइएको छ । तर समयसीमा अघि नै महत्वपूर्ण सम्झौता भइसक्ने दुवै नेताले बताएका छन् ।

लामो बहसपछि बेलायत जनवरीमा ब्रेक्जिटबाट बाहिरिएको थियो । तर विश्व व्यापार संगठनको कडाइका कारण ११ महिना नबित्दै बेलायतले फेरि पनि ब्रेक्टिज सहमतिबारे छलफल गर्न थालेको हो ।

छलफलमा दुवै देशमा आयात र निर्यात हुने सामग्रीको भन्सार तथा कर एवम् व्यापारीक सम्झौता गर्नेबारे छलफल भएको बताइएको छ ।

यता बेलायतले युरोपियन युनियनले आफ्ना मापदण्ड खुकुलो पारेमा मात्र सहमति हुन सक्ने बताउँदै आए छ ।

प्रधानमन्त्री जनसनले वार्ताका लागि आफू तयार रहेपनि इयुले लचकता नदेखाएको टिप्पणी गर्दै आएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ४५ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।