धादिङमा पनि पिसिआर परीक्षण हुने | Khabarhub Khabarhub

धादिङमा पनि पिसिआर परीक्षण हुने


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै आरटी पिसिआर परीक्षण गर्न माग भएको बेला धादिङमै पिसिआर परीक्षण हुने भएको छ ।

कोरोना लागे नलागेको परीक्षण गर्ने पिसिआर मेसिन राखेर धादिङबेंसीमा स्वाब परीक्षण गर्ने नीतिगत निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।

सांसद खेम लोहनी, भूमि त्रिपाठी र जिल्ला समन्वय समितिका प्रमुख नेपालको पहलमा पिसिआर मेसिन जिल्लामा ल्याउन लागिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको केन्द्रीय कोरोना कोषको बैठकले रु एक करोडको लागतमा पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ ।

जिल्ला समन्वय समितिले मेसिन खरिदसँगै परीक्षणस्थल समेत तय गरी जिल्लामा कोरोना परीक्षण गर्ने व्यवस्थापन गरिने कार्यक्रम रहेको छ । ठूलो ल्याब र यसका लागि जनशक्ति समेत व्यवस्थापन गरी दुई महिनाभित्र परीक्षण गर्ने सकिने योजना रहेको बताइएको छ ।

अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै जिल्लामै पिसिआर परीक्षण हुने भएपछि जिल्लावासी खुसी भएका छन् । केही समयदेखि धादिङमा सङ्क्रमितको सङ्ख्या थपिइरहेको र कोरोनाको लक्षण देखिएका बिरामीहरु समेत धेरै रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : २४ बजे

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।