ठूलो दुर्घटनाबाट मालिकलाई बचाएको सुगाबारे एबीसीदेखि बीबीसीसम्म चर्चा | Khabarhub Khabarhub

ठूलो दुर्घटनाबाट मालिकलाई बचाएको सुगाबारे एबीसीदेखि बीबीसीसम्म चर्चा


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरमा पालिएका पंक्षीले मानिसको ज्यान बचाउँछ भन्दा पत्याउनु हुन्छ ॽ पंक्षीले मानिसको ज्यान कसरी बचाउँला र !

अपत्यारिलो तर सत्य एउटा सुगाले आफ्नो मालिकको ज्यान बचाएको घटना यतिबेला सार्वजनिक भइरहेको छ ।

अष्टे«लियाको क्विन्सल्याण्डमा घरमा पालिएको सुगाले आफ्नो मालिकको ज्यान बचाएको छ । क्विन्सल्याण्ड राज्यको कंगारू इलाकाको सैल्स्टोन स्ट्रीटका निवासी न्गूयेनले घरमा एक सुगा पालेका थिए । न्गुयेन र एरिक नामक सुगा बाहेक उनको  घरमा अरु कोही थिएन । घरमा अचानक आगलागी भयो । जबकी त्यस समयमा न्गुयेन मस्त निन्द्रामा थिए ।

घरमा आगलागी भएपछि सुगाले आफ्नो मालिकलाई जगायो । न्गूयेन भन्छन्, ‘म निदाएको बेला आगलागी भएछ । तर मलाई एरिकले उठायो र म हतारमा बाहिरिए । करिब १ घण्टापछि मात्र आगो नियन्त्रणमा आयो । ठूलो खतराबाट मेरो सुगाले मलाई बचायो ।’

एरिकको यो बहादुरी अस्ट्रेलियाका कैयौं ठूला मिडियासम्म पुग्यो । एरिकका बिषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम एबीसी न्युजदेखि बीबीसीसम्म चर्चा चल्यो । यसरी घरमा पालिएको सुगाले ज्यान बचाएको खबरपछि धेरैले एरिकको प्रशंसा गरेका छन् । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : २३ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय